फाइनल प्रवेशका लागि क्रोएसिया र इंग्ल्याण्ड भिड्दै, को बन्ला फ्रान्ससँग फाइनलमा खेल्ने टोली ?

0

कोशी अनलाइन
असार २६, मोरङ, रसियामा चलिरहेको विश्वकपमा आज हुने दोस्रो सेमिफाइनल खेलमा क्रोएसिया र इंग्ल्याण्ड भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १२ देखि सुरु हुने सो खेलको विजेताले फाइनलमा फ्रान्ससँग भिड्नुपर्ने छ ।


फ्रान्स हिजो भएको बेल्जियमविरुद्धको खेलमा १–० को जित निकाल्दै फाइनल प्रवेश गर्यो । फ्रान्सको जितमा स्यामुएल उम्टिटीले निर्णायक गोल गरेका थिए । निकै नै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरी बितेको थियो भने खेलको ५१ औं मिनेटमा फ्रान्सका डिफेन्डर उम्टिटीले निर्णायक गोल गरे । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।


यसैगरी आज पराजित भएको टोलीले बेल्जियमसँग अन्तिम प्लेअफमा खेल्नेछ । प्लेअफको खेल जुलाई १४ मा हुँदैछ । आजको विजेताले भने जुलाई १५ मा हुने फाइनल खेलमा फ्रान्सविरुद्ध खेल्नेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW