उम्टिटीको निर्णायक गोलमा फ्रान्स फाइनल प्रवेश, बेल्जियम प्लेअफका लागि भिड्ने

0

कोशी अनलाइन
असार २७, मोरङ, रसियामा चलिरहेको फिफा विश्वकप–२०१८ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनल प्रवेश गरेको छ । फ्रान्सको जितमा स्यामुएल उम्टिटीले निर्णायक गोल गरेका थिए ।

निकै नै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरी बितेको थियो भने खेलको ५१ औं मिनेटमा फ्रान्सका डिफेन्डर उम्टिटीले निर्णायक गोल गरे । उनले एन्टोइन ग्रिज्मनको कर्नरमा गरेको हेडर गोलरक्षक थिबाउ कोर्तुवाले बचाउने कुनै मौका पाएनन । खेलमा पछाडी परेपछि बेल्जियमले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन ।

खेलको २२ औं मिनेटमा फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखेका थिए । उनले बेल्जियमका डिफेन्डर टोबी आल्डरवेरल्डले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई डाइभ गर्दै बचाएका थिए ।

यससँगै फ्रान्सले जुलाई १५ मा हुने विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको छ भने बेल्जियमले प्लेअफको स्थान सुरक्षित गरेकाे छ । आज हुने क्राेएसिया र इंग्ल्याण्डको खेलमा पराजित भएको टोलीले बेल्जियमसँग भिड्नेछ । यसैरी फ्रान्सले अब दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकप उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । इंग्ल्याण्ड र क्रोएसियाको खेल आज राति पौने १२ बजे हुनेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW