कसैनी स्वास्थ्य चौकीमा वृक्षारोपण तथा विदाई

0

उत्तम पोख्रेल
कोशी अनलाइन
असार २६, मोरङ, बेलबारी नगरपालिकाले दोस्रो नगरसभाबाटै एक घर दुई विरुवा अनिवार्य गरिरहेकाबेला कसैनी स्वास्थ्य चौकीेले आफ्नो कार्यालय हाताभित्र तीन दर्जन भन्दा बढी विरुवा रोपेको छ ।


बिरामी परेर आउने बिरामीका लागि स्वास्थ्य चौकीमा आँउदा वातावरणीय प्रभावसमेत पर्ने भएकोले बिरुवा रोपिएको स्वास्थ्य चौकीका प्रमुख जगत गिरीले बताए । बिरामी उपचार गराउन आउँदासमेत सुन्दर र स्वच्छ वातावरणमा रमाउँन पाउँदा नै केही बिराम निको भएको अनुभव हुने गिरीले बताए ।
यसैगरी बेलबारी नगरपालिकाको कसैनी स्वास्थ्य चौकीले मंगलबार एक कार्यक्रमबीच दुईजना स्वयंसेविकालाई बिदाई गरेको छ । उमेर हदका कारण अवकास भएका अमिता बोगटी र मौया गिरीलाई बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक सन्तोष विश्वकर्माले माला, खादा, प्रसंशा पत्र प्रदान गर्दै उनीहरुलाई बिदाई गरे ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW