‘आजको खेलमा बेल्जियमका हाजार्ड र लुकाकु खतरानक हुने’

0

कोशी अनलाइन
असार २६, मोरङ, रसिया विश्वकपको आजको खेलमा फाइनलका लागि ब्राजिललाई स्तब्ध पारेर आएको बेल्जियम र अर्जेन्टिनालाई धुलो चटाएर आएको फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलको सुरुवाती खेलमा यी दुई नेपाली समयअनुसार राति पौने १२ बजे मैदान उत्रिदैछन् ।

यसैबीचमा फ्रान्सका रक्षक राफेल भेरानले आजको खेलमा बेल्जियमका इडेन हाजार्ड र रोमेलु लुकाको सबैभन्दा ठूलो खतरनाक हुने बताएका छन् ।
राफेलले भने, ‘यो विश्व कप सेमिफाइनल हो । यहाँ आएर एउटा टोली मात्र दाबेदार हुँदैन । हामीले आफ्नो उत्कृष्ट दिने प्रयास गर्नुपर्दछ,’ उनले भने, ‘हरेक खेललाई हामी अलग ढंगले लिन्छौं । त्यसमा सफल नतिजाको प्रयास गर्नेछौं ।’

भेरानले बेल्जियन टोली युवा भएपनि परिवक्क रहेको उल्लेख गरे । ‘हामीलाई थाहा छ खेल कठिन हुनेछ ,’ उनले थपे, ‘शारीरिक रुपमा बलिया लुकाकु जुन सुकै रक्षापक्तिका लागि पनि खतरानाक हुनसक्दछन् । उनी स्तरीय खेलाडी हुन्, उनलाई हामीले कुनै ठाँउ दिनुहुन्न ।’

लुकाकु र हाजार्ड दुवैले रसिया विश्वकपमा उच्च प्रदर्शन गरिरहेका छन् । फ्रान्सका सेन्टर ब्याक भेरान पनि विश्वकपमा उच्च प्रदर्शन गर्ने मध्येमा पर्दछन् । उनी बेल्जियमलाई हल्का लिन नमिल्ने बताउँछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW