जुलाई अन्तिममा साम्पोलीको भविष्यको छिनोफानो हुने

0

कोशी अनलाइन
असार २६, मोरङ, अघिल्लो वर्षदेखि अर्जेन्टिनी टिम सम्हालेको चिलीका पूर्व प्रशिक्षक जर्ज साम्पोलीको भविष्य जुलाई अन्तिमसम्ममा हुने अर्जेन्टिनी फुटबल फेडेरेसनले जनाएको छ । सन् २०१७ देखि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको टोली अर्जेन्टिनी टिमलाई सम्हालेका थिए ।


रसिया विश्वकपको प्रि–क्वार्टरफाइनलबाट नै बाहिरीएको अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक साम्पोली दोषी रहेको ठहर टिमका खेलाडीले आरोप लगाएका थिए । जसका कारण समूह चरणको खेलमा नै उनलाई खेलाडी छान्ने जिम्मेवारीबाट नै हटाइएको थियो ।

५८ वर्षीय साम्पोली विश्वकप लगत्तै टिमबाट राजिनामा दिने संम्भावना धेरैलाई थियो तर उनले अर्जे्न्टिनाको यू–२० टिमलाई प्रशिक्षण दिने जिम्मेवारी पाएका छन् । जुन २८ जुलाई देखि स्पेनमा हुँदैछ ।
जसका कारण उनको राष्ट्रिय टिमको जिम्मेवारीका बारेमा जुलाईको अन्तिममा गरिने भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW