‘भारत’मा सलमान र प्रियंकासँगै कट्रिना पनि देखिने

0

कोशी अनलाइन
असार २६, मुम्बई, सलमान खानको नयाँ प्रोजेक्ट ‘भारत’ले अहिले फिल्मी बजारमा तहल्का मच्चाएको छ । यतिबेला फेरि नयाँ फिल्म सुटिङको तयारीमा रहेका सलमानको टोलीमा अब अभिनेत्री कट्रिनालाई पनि सामेल गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


सुटिङको मुखैमा आएर निर्देशक अलि अब्बास जफरले फिल्ममा कट्रिना कैफलाई पनि भित्र्याएको खबर छ । फिल्ममा अब सलमानले प्रियंकासँगै कट्रिनासँग पनि स्क्रिन सेयर गर्नेछन् ।

यही ‘भारत’मा प्रियंका चोपडा रहने यसअघि नै टुंगो लागिसकेको हो । ‘जय गंगाजल’ खेलेर तीन वर्षअघि हलिउड हानिएकी प्रियंकाले यही फिल्मबाट बलिउड पुनरागमन गर्ने भएकी छिन् ।

अलि अब्बास जफरकोे पहिलो फिल्म ‘मेरे ब्रदर कि दुल्हन’मा कट्रिना मुख्य भूमिकामा थिइन् । यही कारण दुवैबीच राम्रो सम्बन्ध छ । यसैगरी अलिले प्रियंकालाई लिएर ‘गुन्डे’ बनाएका थिए जुन हिट फिल्ममा पर्छ । अलिले पुरानो सम्बन्धलाई प्रयोग गर्दै प्रियंकालाई फिल्मका लागि मनाएका थिए भने कट्रिना पनि फिल्मको हिस्सा बन्न राजी भएकी छिन् ।

ऐतिहासिक कथामा बन्न लागेको फिल्मले सन् १९७० को एक घटनालाई विषय बनाएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW