विवाहका लागि हात माग्न जुहीको घर गएको सलमानको खुलासा

0

कोशी अनलाइन
असार २६, मोरङ, बलिउड अभिनेता सलमान खानले बलिउडकै अभिनेत्री जुही चावलासँग विवाह गर्नका लागि उनको घर गएको खुलासा गरेका छन् । जुहीसँग विवाह गर्न चाहना रहेको खुलासा उनी आफैंले पोखेका हुन् ।


वास्तवमा सलमानको एउटा २६–२७ वर्ष पुरानो भिडियो सार्वजनिक भएको छ जसमा उनले जुहीको बुवासँग उनको हात माग्न घर गएको तर उनले अस्वीकार गरेको बताएका छन् ।

उक्त भिडियोमा उनले भनेका छन्, ‘जुही निकै सुन्दर र प्यारी छिन् । मैले त उनको पापासँग उनको हात पनि मागेको थिएँ तर बुवाले अस्वीकार गर्नुभयो । सायद उहाँलाई म मनपर्दैनथ्यो । खोई उहाँलाई के चाहिएको थियो ?’

उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएको हो । यद्यपी, सलमानले यो कुरा ठट्टामा भनेका हुन् वा गम्भीर भएर, त्यो भने पत्ता लागेको छैन । के साँच्चै सलमान जुहीलाई प्रेम गर्दथे त ? तर यो पक्कै हो कि वर्षौं पहिले कुनै मनमुटावका कारण दुबैले पुनः सँगै काम गर्न छोडेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW