अरबाजले यी युवतीसँग दोस्रो बिहे गर्ने

0

कोशी अनलाइन
असार २६, मुम्बई, मलाइका अरोरासँग डिभोर्स गरेपछि अरबाज एक युवतीसँग नजिकिएका छन् । सन् २०१७ मा अरबाज र मलाइकाको डिभोर्स भएको थियो । त्यसपछि उनी येलो मेहरासँग डेट गरिरहेका छन् । पार्टीमा अरबाज र मेहरा हँसिलो मुद्रामा देखिएका थिए । यसबाट उनीहरु सम्बन्धबाट खुशी भएको बुझ्न सकिन्छ ।

खान परिवारमा हालै एक पार्टीको आयोजना भयो । सलमाना खानको परिवार सबै पार्टीमा उपस्थित थिए । सलमान ‘दबंग टूर’का कारण बाहिर रहेकाले उनी भने उपस्थित थिएनन् । तर, उक्त पार्टीबाट सबैलाई अचम्मित पार्ने एउटा तस्बिर बाहिर आयो । अरबाज पार्टीमा आफ्नी प्रेमिका येलो मेहराका साथ सहभागी भए ।
अरबाजकी प्रेमिका ४२ वर्षकी भइन् । उनले यसअघि दुई बिहे गरिसकेकी छन् र एक छोरा समेत छन् । उनी पनि मलाइका अरोराको हाराहारीमा हट छिन् । येलो फेशन डिजाइनर हुन् ।
केही समयअघि येलो र अरबाज गोवामा देखिएका थिए । बताइएअनुसार अरबाजले येलोसँग चाँडै नै विवाह गर्नेछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW