‘ब्राजिललाई हराएको देश अरुसँग डराउँदैन्’ -बेल्जियम मिडफिल्डर नासेर

0

कोशी अनलाइन
असार २६, मोरङ, गत शुक्रबार पाचौं पटकको विश्वविजेता ब्राजिललाई हराएको बेल्जियमले सेमिफाइनलमा आज फ्रान्ससँग खेल्दैछ । ब्राजिललाई २–१ ले हराएको बेल्जियम फाइनलमा स्थान बनाउन फ्रान्ससँग भिड्न लागेको हो ।

स्टार खेलाडीहरु स्म्मेलित फ्रान्ससँग बेल्जियमले कस्तो खेल्छ यो चै हेर्न बाँकी छ । तर, आज विश्वकपको सेमिफाइनलमा भिड्दा बेल्जियमले फ्रान्ससँग डराउनुपर्ने कुनै कारण नरहेको मिडफिल्डर नासेर चाड्लीले बताएका छन् ।

उनले भनेका छन, ‘यदी तपाईंले ब्राजिललाई हराउन सक्नुहुन्छ भने तपाईंले अरुसँग डराउनु पर्ने कुनै कारण नै छैन ।’

‘हामी सबैको सम्मान गर्छौं तर यदी हामी मनमा डर लिएर खेल्यौँ भने फ्रान्सलाई हराउन सक्दैनौँ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रो लागि ब्राजिललाई पराजित गर्नु ठूलो कदम थियो । हामीले के गर्न सक्छौँ भनेर देखाउनु थियो । बेल्जियम १ करोड जनता भएको सानो देश हो । हामीले हासिल गरेको उपलब्धिबाट खुसी छौँ ।’

वेस्ट ब्रोमका मिडफिल्डरका अनुसार ब्राजिलको जितपछि टोलीको आत्मविश्वास झन् बलियो भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW