सन्दीपले उच्च प्रर्दशन गरेपनि बाहिरियो सन्दीप सम्मेलित मोन्ट्रियल टाइगर्स

0

असार २६, मोरङ, सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । तर, उनको टोली मोन्ट्रियल टाइगर्सले अर्को खेलमा पराजय भोग्दै प्रतियोगिता टुंग्याएको छ । मोन्ट्रियललाई आइतबार टोरन्टो नेसनलले रोचक खेलमा १ विकेटले पराजित र्गयो ।


खेलअघि टोरन्टो पुछारमा थियो । राउन्ड रोबिनको अन्तिम नतिजापछि सन्दीप समावेश मोन्ट्रियल पुछारमा र्झयो । टोरन्टोमाथि ठूलो अन्तरमा जित हात पारेमा मात्र मोन्ट्रियल प्लेअफमा पुग्थ्यो । तर पुछारको टोलीसँग पनि मोन्ट्रियलले पराजय भोग्नुर्पयो । ६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगितामा मोन्ट्रियलले राउन्ड रोबिनमा ५ खेलमा एकमात्र जित हात र्पायो ।

टोरन्टोमा भइरहेको प्रतियोगितामा सन्दीपले आइतबार ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

विकेटका हिसाबमा यो उनको क्यानडामा सवैभन्दा राम्रो प्रदर्शन हो । तर टोरन्टोले १ सय ७७ रनको लक्ष्य अन्तिम बलमा १ सय ७९ रन बनाउँदै पूरा र्गयो । टोरन्टोबाट सर्वा्धिक ४६ रन बनाएका नितिश कुमार नेपाली युवा स्पिनर सन्दीपको पहिलो सिकार बनेका थिए । कुमारले २३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सन्दीपले आफ्नो चौथो ओभरको अन्तिम बलमा क्यानडाका अर्का खेलाडी नभिनित सिंह ढालिवाललाई शून्यमा दिनेश रामदिनबाट स्टम्पआउट गराए ।

एन्टोन डेभसिचको ४३ र किइरन पोलार्डले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाउँदै टोरन्टोलाई जिताए । पोलार्डलाई सन्दीपले आफ्नो बलिङमा अप्ठयारोमा पनि पारेका थिए । पोलार्डले एक छक्का सन्दीपकै बलमै प्रहार गरे । यसअघि मोन्ट्रियलले जर्ज वार्करको ६२, हेनरिक मोइसेसको ५० रन मदतमा ४ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो ।

सन्दीपले क्यानडामा ४ खेलमा ५ विकेट लिए । इडमोन्टन रोयल्ससँग ४ ओभरमा १ मेडन राख्दै १६ रनमात्र खर्चेर १ विकेट लिएका सन्दीपले भ्यानकोभर नाइटसँग ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर १ विकेटको प्रदर्शन गरेका थिए । वेस्ट इन्डिज ‘बी’ सँग २ विकेटले पराजित खेलमा निकै महँगो साबित भएका सन्दीपले ४ ओभरमा ५७ रन खर्चेर १ विकेट लिएका थिए ।

भारतको दिल्लीमा ‘प्राविधिक कारण’ अडकएकाले सन्दीपले मोन्ट्रियलको पहिलो खेल खेल्न पाएका थिएनन् । सन्दीपबिनाको पहिलो खेलमा मोन्ट्रियललाई विनिपेग हवाक्सले ४३ रनले पराजित गरेको थियो । कान्तीपुर डेलीमा खबर छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW