भ्यूटावरदेखि फाउन्टेन पोखरी नगरपालिकाको पर्यटनमा चासो

0

उत्तम पोख्रेल
कोशी अनलाइन
असार २६, मोरङ, बेलबारी नगरपालिकाले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेको छ । पर्यटकीय क्षेत्रको विकाससँगै आयश्रोत बढाउने उदेश्यकासाथ नगरपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रमलाई जोड दिएको छ

पर्यटकीय क्षेत्रहरुले गुरु योजना बनाएरै काम गर्न थालेका छन् । प्रदेश नम्बर १कै चर्चामा रहेको बेतना सिमसारले आफ्नो २० वर्षे गुरुयोजना बनाएर पर्यटकी क्षेत्रको विकासमा लागेको छ । ‘फाउन्टेन पोखरी’को निर्माण गर्न थालेको छ । बेलबारी नगरपालिकाको सिफारिसमा उद्ययोग पर्यटन तथा वातावरण मन्त्रालयको रु ३ लाख ९२ हजार र बेतना सिमसारको रु ४४ हजार २४७.५५ गरि कुल रु ४ लाख ३६ हजार २४७.५५ मा फाउन्टेन पोखरीको निर्माण भईरहेको बेतना सामुदायीक समितिका अध्यक्ष डम्बर बस्नेतले बताए ।

पर्यटन मन्त्रालय काँकडभिट्टाको रु १० लाख र सिमसारको १ लाख ९० हजार गरि कुल ११ लाख ९० हजारको लागतमा पोखरीमा टायल विछ्याउने चलिरहेको छ । १७४.९१ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रलाई मानव केन्द्रित, मानव नियन्त्रित तथा मानव निषेधित गरि तीन भागमा बाँडिएको छ । हाल बनिरहेको फाउन्टेन पोखरी मानव नियन्त्रित क्षेत्रभित्र पर्दछ् । सिमसारले अघि सारेको उक्त २० वर्षे गुरुयोजनामा सामाजिक , साँस्कृतिक, आर्थिक विकासका खाकाहरु समेटिएको छ ।

सिमसारलाई प्रदेशकै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गार्डेन, रिसोर्ट, झोलु, बालउद्यन लगायत विभिन्न योजना गुरुयोजनामा छन् । गुरुयोजनामा संग्राहलयदेखि प्रदेशकै ठूलो चिडिया घर बनाउने योजना पनि राखिएको छ । मनोरन्जनका लागि मचान निर्माण, जंगलसफारी, स्वीमिङ पुल, वालउद्यन, पिकनिक स्पोट, बोटिङ, ट्री ट्रेल आदि तयार गरिने सामुदायीक वन उपभोक्ता समितिका कोषाध्यक्ष कमल कोईरालाले बताए ।

बेतना सिमासरको विकासका लागि प्रदेशले आर्थिक वर्ष २०७५÷०७६का लागि रु १ करोडको वजेट छुट्याएको छ । वन्दै गरेको उक्त फाउन्टेन पोखरीको बिचमा तीन ठाउँमा आकर्षक रुपमा पानीका फोहरा निर्माण हुनेछन् । र पोखरीको वरिपरि आकर्षक रुपमा विजुली वल्भ बालिनेछन् । यो पोखरी निर्माण कार्य पूरा भएपछि यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धिहुने सिमसारले विश्वास लिएको छ । यस्तै रमिते सामुदायीक वनलेसमेत नगरपालिकासँगको सहकार्यमा सुरुङमार्ग सहितको भ्यूटावर निर्माणलाई तिव्रता दिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW