प्रधानमन्त्री ओलीले अन्तरवार्तामै चुहाए आशु, किन रोए त प्रधानमन्त्री ? (भिडियोसहति)

0

कोशी अनलाइन
असार २६, मोरङ, प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तरवार्तामा आँखाभरी आँशु गराउँदै रोएको भिडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री कार्यालयकै संयोजनमा सुरू भएको नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो श्रृङ्खला छायाँकन गर्ने क्रममा प्रधानमन्त्री ओली रूँदै रूमालले आँशु पुसेका देखिन्छन् ।

प्रस्तोताले कति गार्हो गरेर बाँचेका छन् है यी नेपालीहरू रु भन्दै प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्री रोएका दृश्यमा देखिन्छ । ग्रामीण भेगका जनताको दुःख झल्काउने भिडियो सामग्री प्रधानमन्त्रीलाई देखाइसकेपछि त्यसबारे प्रतिकृया लिन प्रस्तोताले प्रधानमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीका आँखा रसाएका हुन् ।

प्रधानमन्त्रीले आँखामा आँशु पर्दै एकछिन है भन्दै खल्तीबाट रूमाल निकालेको देखिन्छ ।
भिडियोः

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW