पुल बगाएपछि वडा कार्यालय पुग्न २१ किलोमिटर घुम्नुपर्ने, मुख्यमन्त्रीले जनाए पुल बनाउने प्रतिवद्धता

0

उत्तम पोख्रेल
कोशी अनलाइन
असार २५, मोरङ, गत वर्षको साउन २८ गते अबिरल वर्षासँगै आएको बाढीले बेलबारी नगरपालिका वडा नम्बर ५ मा पर्ने भत्काएको लोहन्द्रा खोलाको पुल बन्ने भएको छ ।


सोमबार पुल भत्किएको स्थानमा पुगेर स्थानीयलाई एक वर्ष भित्रमा पुल बनाईसक्ने मुख्यमन्त्री शेरधन राईले प्रतिवद्धता जनाएका छन् ।
सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहर माथिबाट बग्ने लोहन्द्राको पुल बाढीले बगाएपछि ५ नम्बरबासीको वडा कार्यालयसँग सम्बन्ध खोलाले टुटाएको छ । एक/डेढ किलो मिटर पार गरेर वडा कार्यालय आई पुग्ने भएपनि अहिले पुल बगाएपछि वडा कार्यालयमा आउन करिब २१ किलो मिटर घुमेर मात्रै वडा कार्यालमा पुग्ने बाध्यता रहेको छ ।

एक डेढ किलो मिटरमा हिड्दा वडा कार्यालय आईपुग्ने भए पनि छिमेकी रहेको नगरपालिका तथा गाउँपालिका घुम्दै मात्रै वडा कार्यालमा पुगिन्छ । सुन्दरहरैंचा नगरपालिका तथा ग्रामथान गाँउपालिका घुमेर मात्रै वडा कार्यालमा पुग्ने गरेको स्थानीय छत्रबहादुर बस्नेतले बताए ।

१ सय ५३ मिटर लामो साइफन माथिबाट बग्ने लोहान्द्राको पुल बगाएपछि केरौन चौकबाट इटहरी–विराटनगर सडक खण्डको खनारसँग जोड्ने सडकमासमेत यातायात बन्द छ । विराटनगर बाहुनी होक्लावारी, विराटनगर बाहुनी लक्ष्मी मार्ग बेलबारी ग्रामथान जोडने मुख्यसडक समेत अबरुद्ध छन । लोहन्द्रा पुल बगाउँदा झण्डै ३४ करोड क्षति भएको सुनसरी मोरङ सिँचाइ आयोजनाले जनाएको छ ।


यही स्थानमा लोहन्द्रा खोला माथिबाट बग्छ भने यसमुनिबाट साइफन (सुरुङ बनाएर तल सुरुङैसुरुङ) मुख्य नहर लगिएको थियो । यस्तै नहरको साइफन (खोलामुनिबाट नहरको पानी लैजाने पैनी) बगेपछि लोहन्द्रा पूर्वको १२ हजार ३ सय ६५ हेक्टर जमिन सिँचाइबाट वञ्चित भएको थियो । मोरङमा धान उत्पादनका लागि अब्बल मानिएको क्षेत्रमा नै सिँचाइको अभाव भएपछि आयोजनाले चार महिनापछि पाँच किलोमिटर उत्तरबाट अस्थायी कुलो बनाएर पानी नहरमा हालेको थियो । तर, उक्त अस्थायी संरचना बाढीले कुनै समयमा भत्काउन सक्ने स्थानीयको भनाइ रहेको छ ।

सुनसरीको चतरादेखि मोरङको केरौनसम्म मुख्य नहर ५३ किलोमिटर लामो छ । जसमध्ये ४२ किलोमिटरमा पर्ने कसेनीमा लोहन्द्रा खोला र मुख्य नहरको भेट हुन्छ । यस्तै पुलसँगै रहेको नहर बगाउँदा आयोजनाले सुनसरी र मोरङको ६८ हजार हेक्टर जमिन सिञ्चित हुने गथ्र्यो । आयोजनाअन्तर्गत एउटा मुख्य र २२ शाखा नहर रहेका छन् ।

यता बेलबारी नगरपालिकाले पहिलो तथा दोस्रो नगरसभाबाटै पुल बनाउनका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग अनुरोध गरिसकेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बताए । ‘हामीले दुईवटै सरकारलाई पुल वनाउनका लागि आग्रह गरेका छौं ।’ मेयर सुबेदीले भने ‘मुख्य मन्त्रिले समेत अनुगमन गरी सक्नु भएको छ ।’

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW