तुम्लिङटार प्रदेश नं १ को दोस्रो ठुलो विमानस्थल बन्छ: सासंद गौतम

0

बाबुराम बास्तोला
कोशी अनलाइन
असार २४, मोरङ, संखुवासभाको तुम्लिङटार विमानस्थललाई प्रदेश नं. १ को दोस्रो ठुलो विमानस्थल बनाउने प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमले बताएका छन् ।

प्रदेश नं. १ मा बिराटनगरमा मात्रै ठुलो जहाज बस्ने भएको र पुर्वाञ्चलका पहाडी क्षेत्रमा मौसम खराब हुदाँ केहि समय जहाज आकासमा नै रोकेर राख्न कठिन हुने भएकोले आपतकालिन समयमा जहाज अवतरण गराउन पनि तुम्लिङटार विमानस्थलको स्तरन्नोती गर्नु पर्ने बताए । सदरमुकाम खाँदबारीमा एक पत्रकार सम्मेलनमा बोल्दै सासंद गौतमले कम्तिमा ४८ सिट सम्मका जहाज तुम्लिङटारमा राख्न सक्ने खालको बिमानस्थल बनाउनलाई तुम्लिङटारमा विमानस्थलको एक्सटेन्सन गराउने दावि गरे । पत्रकार सम्मेलनमा सासद गौतमले ठेक्का लिएर काम नगर्ने र आधा काम गरेर छाड्ने ठेकेदार कम्पनीको म्याद थप नगर्ने बताएका छन् ।

उनले केही ठेकेदारलाई विकास निर्माणको कामसक्न भदौसम्मलाई म्याद दिईएको बताए । उनले अब कुनै पनि हालतमा म्याद थप नगर्ने बताउनु भयो ।एक वर्षभित्र किमाथांका बिराटनगर सडकको ट्याक खोलिसक्ने उनले बताए जसको लागि सरकारले १ अर्व १० करोड बजेट विनियोजन गरेको बताए । सांसद गौतमले किमाथांका सडक पुरानै सर्भे अनुसार अघि बढ्ने बताए । उनले संखुवासभालाई अघि बढाउन पर्यटन, धार्मिक पर्यटनको क्षेत्रमा पनि अघि बढीरहेको बताए ।टुटेदेउराली–मुढे सडकको १२ किलोमिटर मध्ये चार किलो मिटरमा सडक नराम्ररी बिग्रिएको छ, सांसद गौतमले भने त्यहाँ काम गर्ने ठेकेदारले भदौमा नै काम सक्नु पर्ने छ, यदी सो समयमा नगरे अवधि नथपिने बरु नयाँ ठेकेदारसँग सम्झौता गरी काम अघि बढाउँछौं ।

ठेकेदारलाई काम गर्न कुनै पनि निकायबाट बाधा अवरोध नभएको तर तिनीहरुले समयमा काम नगर्दा जनताले सास्ति खेप्नु परेको उनको भनाई छ । ठेकेदारले समयमा काम सम्पन्न नगर्दा स्थानीयहरुले जनप्रतिनिधिले सडकका विषयमा वेवास्ता गरेको आरोप समेत लगाउने गरेको बताए । एक÷दुई जना ठेकेदारले काम नगरेर जनप्रतिनिधि लगायत सम्बन्धित निकायले समेत जनताको गाली खानु परेको उनको भनाई छ ।
संखुवासभालाई समृद्धि तर्फ लानको लागि धार्मिक तथा पर्यटन क्षेत्रमा, जलविद्युतको क्षेत्रमा, सडक र खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएका गौतमले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW