विनियोजन विधेक बहुमतले पारित 

0

कोशी अनलाइन

असार १०, माेरङ, प्रदेश नं.१ को सरकारले आर्थिक वर्ष २०७५/ ७६ को बजेट संचालनका लागि ल्याएको विनियोजन विधेयक २०७५ बहुमतले पारित भएको छ । आज बसेको प्रदेश नं.१को संसदको बैठकले बहुमतले पारित भएको हो । त्यसअघि सभामुख प्रदिपकुमार भण्डारीले संसदमा विनियोजित विधेकमाथि खर्च काटौती प्रताव पेस गर्न दिएको समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संससद शिवनारायण गनगाइले प्रस्ताव राखेका थिए ।

संसदमा गनगाईले भैपरी चालुमा ४३ करोड ३६ लाख ३ हजार २ सय ७ रुपैयाँ, अर्थ विविधमा ८० करोड, भैपरी पुँजीगतमा ४८ करोड ८८ लाख ८० हजारलाई घटाउन प्रस्ताव गरेका थिए । उनले सबै शिर्षकमा ५ सय रुपैयाँ राख्न प्रस्ताव गरेका हुन् । सबै शिर्षकमा रकम हुँदाहुँदै धेरै रकम भैपरीमा राख्न उपयुक्त नहुने भन्दै मितव्ययीता अपनाउन रकम घटाउनु उपयुक्त हुने उनको भनाइ छ ।

संसदमा तीन दिनसम्म छलफल भएको विनियोजन विधेकमाथि प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले परिच्छेद १७ बुँदा नं. ११९ को (ख) बमोजिम सि.नं. १५,१६ र १९को खर्च कटौति गर्न प्रताव गरेको थियो । सांसद गनगाइले राखेकोे प्रस्तावको जवाफ दिन सभामुख भण्डारीले सरकारको तर्फबाट अर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई समय दिएका थिए ।

जवाफमा मन्त्री आङबोले कतिपय ठूला आयोजनामा कम रकम विनियोजन भएको र त्यस्ता आयोजनामा भैपरि आउने शिर्षकबाट खर्च गरिने बताए । उनले ठूला आयोजनाहरु र त्यसको सम्बोधनका लागि यस्तो गर्नुपरेको बताए । उनले शिर्षकको स्रोत नमिल्दा उपयुक्त रकम राख्न सकेनौं जसले गर्दा भैपरी शिर्षकमा रकम राख्नु परेको बताए । मुख्यमन्त्री ग्रामिण सडक स्तरउन्नती कार्यक्रम, सार्वजनिक निजि साझेदारी कार्यक्रममा यसै शिर्षकबाट खर्च हुने उनले बताए ।

नदि नियन्त्र र कटानमा व्यवस्थापनकोलागी न्युन बजेट छ । त्यो यसै शिर्षकबाट सम्बोधन हुने उनले जानकारी दिए । उनले भैपरीआउने शिर्षकमा रहेको रकम अन्यमितता कुनै पनि हालतमा हुने नदिने प्रतिबद्धता जनाए । साथै प्रदेशका गौरवका आयोजनामा पनि यो रकम खर्च गरिने उनले बताए ।

सभामुख भण्डारीले प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रस्ताव फिर्ता लिन समय दिएकोमा काग्रेस संसद गनगाइले फिर्ता लिन मानेनन । त्यसपछि सभामुख भण्डारीले खर्च कटौती प्रस्तावलाई निर्णयार्थ संसदमा पेस गरेका थिए । जुन बहुमतले पारित भएको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW