विराटनगर महानगरको बजेट ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार

0

गोपाल पोखरेल
कोशी अनलाइन
असार १०, मोरङ, विराटनगर नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि रु ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको अनुमानित वजेट सार्बजनिक गरेको छ ।


महानगरपालिकाका मेयर भिम पराजुलीले विशेष समारोहकाबीच आयव्ययको वजेट प्रस्तुत गरे । महानगरपालिकाको आन्तरिक आयवाट ५४ करोड ३ लाख, राजस्व बाँडफाँडबाट ३७ करोड, ५ लाख, ४ हजार, संघीय र प्रदेशको वित्तिय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार बिनीयोजन गरिएको छ ।

संघीय सरकारको विषयगततर्फ ४४ करोड, ९६ लाख संघीय सरकारको समपुरक र विशेष अनुदान रु १० करोड, संघीय सरकारको शर्सत अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्थाको अनुदान विषयगत कार्यालयतर्फ ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगरविकास कोषको ऋणसहयोग १ करोड ८० लाख, नगरपालिकाको मौज्दात ७ करोडसमेत जम्मा २ अर्ब ५२ करोड ८३ लाख ४९ हजार आयआर्जन हुने अनुमान गरिएको छ ।

मझौलाख सहरी वातावरणीय सुधार परियोजना क्षेत्रीय सहरी विकास परियोजना सरकार र महानगरको तर्फको समपुरक कोषसमेत रु १ अर्ब ९४ करोड २५ लाख बजेट विनियोजन भएको छ ।

चालु खर्चकालागि ३३ करोड ६८ लाख ५२ हजार विनीयोजन गरिएको छ । जुन रकम कूलअनुमान ७.५३ प्रतिशत हुन आउँछ । त्यसैगरी संघीय सरकारको सामाजिक सुरक्षा भत्ता रु २० करोड जुन रकमको कूल अनुमान ४.४७ प्रतिशत हुन आउँछ ।

भौतिक पूर्वाधार परियोजना निर्माणका लागि रु ३ अर्ब २५ करोड ३ लाख ३३ हजार विनियोजन गरिएको छ । वतावरण सरसफाई, वित्त व्यवस्थापन सूचना प्रविधि व्यवस्थापन संस्थागत विकास, महिला ५ करोड ९३ लाख ३० हजार विनियोजन गरिएको छ ।

सामाजिक विकास, महिला बालबालिका, शिक्षा, कृषि तथा पशु शिर्षकमा नेपाल सरकारको शर्सत अनुदानबाट रु ६२ करोड ४३ लाख ३४ हजार विनियोजन गरिएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW