पथरीशनिश्चरेको ६० करोड, सुन्दरहरैंचाको ७९ करोडको बजेट

0

उत्तम पोख्रेल
कोशी अनलाइन
असार १०, मोरङ, मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आईतबार भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गरेकी हुन् । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ ।

प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ ।सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरिवसंग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित वजेट रहेको छ । सशर्त वाहेकको सवैगरी ३० करोड ९१ लाख ३५ हजार मध्ये ९ करोड २१ लाख २० हजार चालु खर्चमा छुट्याई वाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकासमा वाँडफाँड गरिएको वजेट विवरणमा उल्लेख छ । त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले ८ करोड ५० लाख तथा वाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शिर्षकमा वजेट विनियोजन गरिएको कुरा सभामा पेश भएको छ । वडागत वजेट सिलिङ तोकिएपनि रकम वाँडफाँडको सवै योजना वनिनसकेको र नगरस्तरका योजनाहरुको शिर्षक तय भएपनि त्यसभित्रको वजेट वाँडफाँड वाँकी रहेको छ ।

असार २३ गतेको सभाले दुवैतहको विस्तृत विवरण तयार गरी पारित गर्ने निर्णय भएको नगरप्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । मोरङको सुन्दरहरैचा नगरपालिकालाई देशकै नमुना नगरका रुपमा बिकास गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले बताएका छन । राजनीतिक पार्टीभन्दा माथि उठेर विकास निर्माणका काममा अगाडि बढ्न सबैलाई ढकालले आग्रह गरेका छन । कृषिलाई व्यवसायीकरण गर्दै पर्यटन र नगर विकास गर्दै समृद्धितर्फ अगाडी बढनुपर्नेमा उनको जोड थियो ।

सुन्दरहरैचा बिकासको बगैँचा भन्ने नारालाई अंगिकार गरी अघि बढेको नगरपालिकाले आईतबार तेस्रो नगरसभा गरी आर्थिक वर्ष २०७५/०७६ को लागि ७९ करोड ११ लाख ६३ हजार रुपैयाँ बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा ढकालले नगरलाई नमुना नगरका रुपमा बिकास गर्ने समेत बताएका छन । नगरपालिकाले प्रत्येक वडाको लागि १ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । सरकारको सशर्त अनुदानबाट ४१ करोड ५२ लाख, आन्तरकि आयबाट ७ करोड ८५ लाख, प्रदेश सरकारबाट २ करोड ६३ लाख ४२ हजार, राजस्व वाडफाँडबाट १३ करोड ३७ लाख, सामाजिक सुरक्षाबाट १५ करोड ९० लाख रुपैयाँ बजेट बिनायोजन गरेको छ ।

पूँजीगत खर्चतर्फ सामाजिक विकासको लागि १ करोड ९९ लाख, पूर्वाधार विकासको लागि ४ करोड ५५ लाख, वातावरण तथा विपद व्यवस्थापन ५५ लाख, सार्वजानिक सेवा तथा क्षमता विकासको लागि ५९ लाख १८ हजार रुपैयाँ विनायोजन गरेको छ । प्रकोप व्यवस्थापन विशेष कोषको लागि १ करोड, वातवरण विकास कोषको लागि १ करोड २५ लाख, गौरवको योजनाहरुमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरसभामा नगरपालिका उपप्रमुख धनमाया तामाङले बजेट प्रस्तुत गरेकी हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW