केराबारीको ३९ करोड र मिक्लाजुङको ३५ करोडको बजेट

0

उत्तम पोख्रेल
कोशी अनलाइन
असार ९, मोरङ, मोरङको केराबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि कूल ३९ करोड ३ लाख ८ हजारको बजेट प्रस्तुत गरेको छ ।


शुक्रबार गाँउपालिका अध्यक्ष रोहित कार्कीले सो बराबरको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा कार्कीले आर्थिक वर्षको बजेटले विकासका पूर्वाधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

मिक्लाजुङ गाउँपालिकाको बजेट ३५ करोड

मोरङको मिक्लाजुङ गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ का लागि ३५ करोड ३१ लाख २३ हजार चारसय ५० रुपैयाँको बजेटसहितको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राइले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । कूल बजेटमा संघीय वित्तिय समानिकरण अनुदान बापत रु १० करोड १७ लाख, सर्सत अनुदान बापत रु १२ करोड ४८ लाख, राजस्व बाँडफाँड बापत रु ६ करोड ९६ लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकारण अनुदान र राजजस्व बाँडफाँड बापत रु ७० लाख ७२ हजार र सर्शत अनुदान एक करोड, साथै आन्तरीक श्रोतबाट रु ९९ लाख ३० हजार, चारसय ५० र प्राकृतिक स्रोतको उपयोग बापत तिन करोड रहेको छ । कूल बजेटमा गाउँपालिकाको कार्यालयका लागि १५ करोड ५८ लाख २३ हजार चार सय ५०, वडा समितिको कार्यालयहरुको लागि रु तिन करोठ ८० लाख, विषयगत शाखाहरुको लागि १५ करोड ९३ लाख रकम बिनियोजन गरिएको छ ।

यस वर्षको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकाले भौतिक पूर्वाधार नीति, वातावरण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विधुत तथा बैकल्पिक उर्जा, आर्थिक प्रशासन तथा राजस्व परिचालन, शिक्षा, युवा खेलकुद तथा स्वरोजगार, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशु पन्छि विकास, भुमी तथा जलस्रोत, सहकारी गरिबि न्यूनीकरण तथा उद्यमशिलता, पर्यटन तथा संस्कृती, सुशासन तथा संस्थागत क्षमता विकास , साझेदार निकायहरुसंग सहकार्य, उद्योग, खानी तथा खनिज र लक्षित समूह विकास लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन ्।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW