हाटखोलामा खुल्यो ‘रे स्टार’

0

कोशी अनलाइन
जेठ ३१, मोरङ, सुन्दरनगरी विराटनगरको हाटखोलामा ‘रे स्टार फेमिली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ । निकै नै आकर्षक रुपमा सजिएको सो रेष्टुरेन्ट यहीँ जेठ १५ देखि सञ्चालनमा आएको होटलका लगानीकर्ता कृष्ण आचार्यले बताए ।

उनका अनुसार सो रेष्टुरेन्ट करिब २५ लाखको लगानी बनेको हो । उनले आफूले खाँदा खाँदैको जागिर छोडेर यस व्यवसायमा लागेको जानकारी दिँदै शान्त वातारणमा रहेको यस पारिवारीक रुपमा निकै राम्रो गन्तव्य बनेको बताए ।


सो रेष्टुरेन्टमा गुणस्तरीय र मिठो खानेकुराको विक्री वितरणमा जोड दिएको उनको भनाइ छ । आर्कषक तथा आरामदायी रुपमा रहेको रेष्टुरेन्टमा वर्थडे सेलिब्रेसन, सेमिनार हल, खाजा नास्ता, लोकल कुखुराको सेकुवा, वोयल, स्पेशल मःम, छोईला, पेय प्रदार्थलगायतको राम्रो सुविधा उपलब्ध छ ।


व्यवसायीक सफलता हात पार्ने उद्देश्यका साथमा स्थानीयको माग र आवश्यकतालाई मध्यनजर गर्दै व्यापार व्यवसायमा सक्रिय सहभागिता भएर विभिन्न खानाको स्वाद दिलाउँदै सेवाको भावनाले समेत रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक आचार्यले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW