निर्माण कार्य नसकिदै भत्कियो तटबन्धन

0

रबिन्द्र बराल
कोशी अनलाइन
जेठ ३०, मोरङ, रंगेली नगरपालिका–७ कानेपोखरी—दर्वेशा सडकखण्ड अन्तर्गत निचामरीदेखि एक किलोमिटर पूर्वमा गतवर्ष आएको बाढीले खोलाको धार परिवर्तन गरेको थियो । उक्त बाढीले रंगेली नगरपालिका–७ घर भएका जोगेन्द्र मण्डलको एक बिघा खेतिसमेत खोलाले कटान गरेको उनको भनाइ छ ।


उनको एक धुरसमेत नरहिकन सबै खेत खोलामा परिणत भएको थियो । उनी जस्तै अन्यको समेत बाढीले खेत खोलामा परिणत भएको मण्डलले बताए । सो क्षेत्रमा रहेको अन्दाजी ८ बिघा खेति नष्ट भएको छ ।

एक किलोमिटरसम्मको लम्बाईमा खोलाले कटान गरेपछि उक्त स्थानमा अत्यन्तै जोखिम रहेको थियो । रंगेली नगरपालिकाले जेठ १ गते सो खोलामा तटबन्ध गर्ने सम्झौता गरेको थियो । नगरपालिकाले ८० लाख रुपैयाँ खोलाको तटबन्ध बनाउन वीर निर्माण सेवालाई १८ सय घनमिटरमा तटबन्ध बनाउन ठेक्का दिएको रंगेली नगरपालिकाका ईन्जिनियर श्याम सिंहले बताए ।

३ फिट गहिराईबाट सुरु गरिएको तटबन्ध भासिएर बाङगो भएको छ । जेठ महिनाको २८ गते आएको वर्षाले खोलामा बनाएको तटबन्ध वर्षायाम सुुुुरु नहुँदैै भत्किएकोे छ । बिगत वर्षझैं यसवर्ष पनि बाढी आएमा के कतिको क्षती पुग्ने हो भन्ने चासोको विषय बनेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW