झापालाई हराउँदै नेपाल पुलिस लालबन्दी गोल्डकपको फाइनल प्रवेश

0

कोशी अनलाइन
जेठ ३०, सर्लाही, सर्लाहीको लालबन्दीमा जारी ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई हराउँदै नेपाल पुलिस क्लबले अन्तिम दुईमा स्थान बनाएको छ । झापा ११ विरुद्ध १–० गोलले हराउँदै पुलिसले फाइनलमा स्थान बनायो ।


पुलिसका लागि रबि पासवानले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अब बिहीबारको खेलमा फाइनलका लागि थ्रीस्टार र एपीएफ भिड्नेछन् ।

सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW