२०२६ को विश्वकप फुटबल अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने

0

कोशी अनलाइन
जेठ ३०, मोरङ, सन् २०२६ को विश्वकप फूटबल प्रतियोगिता अमेरिका, क्यानाडा र मेक्सिकोे संयुक्तरुपमा आयोजना हुने भएको छ । ती तीन राष्ट्रले मरोक्कोलाई पन्छ्याउंदै विश्वकप आयोजना गर्ने मत जितेको हो ।


विश्वकप आयोजक चयनका लागि फिफामा बुधबार भएको भोटिङमा उत्तर अमेरिकी मुलुक अमेरिका, क्यानडा र मेक्सिकोले मोरक्कोलाई पछि पार्दै संयुक्तरूपमा विश्वकप आयोजनाको अख्तियारी पाएका हुन् ।

यी तीन उत्तर अमेरिकी मुलुकले १३४ र अफ्रिकी मुलुक मोरक्कोले ६५ भोट पाए । मोरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो ।

प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ । १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन् ।
यसपटकको विश्वकप रसियामा हुन गईरहेको छ भने त्यसअघि सन् २०२२ को विश्वकप कतारले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW