संखुवासभाबाट ३ जुवाडे पक्राउ, १ फरार

0

कोशी अनलाइन
बाबुराम बास्तोला
जेठ ३०, संखुवासभा, संसुवाभसाको चैनपुर नगरपालिका वडा नं ३ सिद्ध पोखरीस्थित रहेको प्रेमबहादुर खत्रीको घरमा जुवा खेलिरहेको ३ जुवाडे पक्राउ परेका छन् भने एक फरार भएका छन् ।

मंगलबार राति ११ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी पोष्ट सिद्धपोखरीबाट टोली खटी उनीहरुलाई पक्राउ गरिएको थियो । घरबेटी समेत रहेको खत्रीको घर तलासी लिदाँ घरको तेस्रो तलाको बुईंगलमा कोडा १६ थान र नगद रु १ हजारसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सोही स्थान वडा नं ३ बस्ने ३१ वर्षीय भिमबहादुर कार्की, वडा नं ६ बस्ने २७ वर्षीय कोषराज दाहाल र वडा नं २ बस्ने २७ वर्षीय पासाङ्ग शेर्पा पक्राउ परेका छन् भने घरधनी प्रेमबहादुर खत्री फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको ईलाका प्रहरी कार्यालय चैनपुर संखुवासभामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW