सालाहले सुरु गरे विश्वकपका लागि प्रशिक्षण, छिट्टै खेलमा फर्कने आश

0

कोशी अनलाइन
जेठ ३०, मोरङ, आउँदो शुक्रबार उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्दै इजिप्टले रसिया विश्वकप सुरु गर्दैछ । उसका आशलाग्दा खेलाडी मोहम्मद सालाह गत च्याम्पियन्स लिगको फाइनलमा चोट लागेपछि मैदान छिरेका छैनन् ।

घाइते सालाहलाई लिएरै इजिप्टले आफ्नो टोली छनोट गरेको छ । सालाहले उरुग्वेविरुद्धको खेलमा मैदान नछिरे दोस्रो खेलमा आयोजक रसियासँग खेल्नसक्ने सम्भावना रहेको हेक्टर कुपरले बताएका छन् । सालाह पनि आफूलाई इजिप्टका लागि लड्न हरकोशिस लागिपरेका छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा जुत्ता तिर हेर्दैगरेको एउटा फोटो अप्लोड गर्दै क्याप्सनमा लेखेका छन्, ‘म सय इजिप्टियनहरुका लागि यो लगाउँछु ।’
उनी आज आफ्ना सहखेलाडीहरुका साथ प्रशिक्षणमा फर्किएका छन् । गत सोमबार इजिप्टका मेडिकल स्टाफले सुरुवाती खेल नखेलेपनि त्यस पछिका खेलहरुमा सालाह ठिक हुने बताएका थिए ।
उनले जुन १९ को आयोजक रसियाविरुद्धको खेलमा सहभागिता जनाउने बताइएको छ । त्यसको छ दिनपछि इजिप्टले साउदी अरेबियाविरुद्धको खेल खेल्नेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW