मनाङविरुद्ध थ्रीस्टार १–० ले विजयी

0

कोशी अनलाइन
जेठ ३०, काठमाडौं, एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा जारी ललित स्मृति यू १८ फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा मनाङ मर्स्याङदी क्लबलाई १–० ले हराएको छ ।

निराजन महर्जनको कप्तानीमा रहेको थ्रीस्टारका लागि आज र्याम्बो चौधरी, अभिषेक बोहोरा, शेखर आले, ताराप्रसाद पुन, तेर्चन लामा, तमेन्द्र गुरुङ, दीपक घिसिङ, सलोन थापा, जेविस पराजुली र टिका गुरुङले खेलेका थिए ।

खेलको म्यान अफ द टिका गुरुङलाई राष्ट्रिय टोलीका बिराज महर्जनले पुरस्कार वितरण गरेका थिए ।

अहिले दोस्रो खेलमा फ्रेन्डस् क्लब कुपोन्डोलले सुदूरपश्चिम फुटबल क्लबको सामना गर्दैछ । प्रतियोगितामा सहभागी सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । जेठ २९ गतेबाट शुरु हुने प्रतियोगिता असार २१ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख ५० हजार पाउने एन्फाले जनाएको छ । यस्तै व्यक्तिगत विधातर्फ स्ट्राइकर, मिडफिल्ड, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान १० हजार प्राप्त गर्नेछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW