संखुवासभाका ३१ काम नगर्ने ठेकेदारको नामावली मन्त्रालय पठाइयो

0

बाबुराम बास्तोला
कोशी अनलाइन
जेठ ३०, संखुवासभा, जिल्ला प्रशासन कार्यालय संखुवासभाले निर्धारित समयमा काम नगर्ने र बीचैमा काम छोड्ने ३१ ठेकेदार कम्पनीको नाम मन्त्रालय पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि संखुवासभाभित्र काम जिम्मा लिने तर नगर्ने कम्पनीहरुको सूची पेश गरेको हो ।

पेश भएका सूचीमा पुरानादेखि नयाँ कम्पनीहरुको नाम समावेश भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । गृहमन्त्री थापा गत एक हप्ताअघि खाँदबारी आएकाबेला जिल्ला प्रसासन कार्यालयलाई जिल्लामा काम नगर्ने ठेकेदारहरुको सूचि बुझाउन निर्देशन दिएका थिए । सो लगत्तै विषयगत कार्यालयहरुबाट नाम लिष्ट मागेर मन्त्रालय पठाईएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए ।

मन्त्रालय पठाईएको लिष्टमध्ये केही काम सम्पन्न गर्नेहरुको पनि सूचि पर्न आएकोले अझै एकपटक ‘रिचेक’ गरेर पुनः मन्त्रालय पठाईने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । लापरबाही गर्ने ठेकेदारहरुको नामावली केही दिनमा नै टुङ्गो लगाईने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW