मेस्सीका अनौंठा समर्थक, जसले आफ्नो घर अर्जेन्टिना कलरले पोते

0

कोशी अनलाइन
जेठ ३०, मोरङ, रसिया विश्वकपको चर्चा अहिले विश्वकप खेल्ने ३२ राष्ट्रबाहेक अन्य राष्ट्रमा पनि उत्तिकै छ । आफ्नो देशले विश्कप खेलेपनि या नखेलेपनि भिन्न टिममा विभाजित भएर विश्वकपको तयारी भब्य रुपमा हुँदैछ ।

यसैबीच अर्जेन्टिनाका लियोनल मेस्सीका ‘डाई–हार्ड फ्यान’ भारतका शिवशंकर पात्रले आफ्नो घर पुरै अर्जेन्टिनी कलरमा रङ्गाएपछि चर्चाको विषय बनेको छ । उनले निलो र सेतो कलर अर्थात अर्जेन्टिनी जर्सीको आकारमा आफ्नो घर रङ्गाएपछि चर्चा चलेको हो । उनले रसिया विश्वकमा अर्जेन्टिनाको समर्थन गर्दै घर रङ्गाएका हुन् ।


उनले मेस्सीको समर्थन गर्दै यो सब गरेको बताए । उनी तबदेखि नै अर्जेन्टिनाको समर्थक थिए जब अर्जेन्टिनाले सन् १९८६ मा डिएगो म्याराडोनको सहयोगमा विश्वकपको ट्रफी आफ्नो बनाएको थियो ।

उनले भने, ‘मेस्सी पनि म्याराडोना जस्तै छन्, मेरो परिवारमा सबैले मेस्सीलाई समर्थन गर्छन् । उनको व्यवहार हामी सबैलाई मन पर्छ । ’
उनी हाल चिया बेच्ने काम गर्छन् । उनी रसिया विश्वकपका लागि रसिया जान चाहन्छन् तर पैसाको अभावका कारण उनले सकेका छैनन् ।
उनले भने, ‘मैले भारु ६० हजार बचाएको छु तर यसले मलाई रसिया पुग्न सम्भव छैन् ।’

उनको परिवारले मेस्सीको जन्मदिन जुन २४ का लागि एउटा अनौठो योजना बनाएका छन् । उनले भने, ‘हामी उनको जन्मदिनमा केक काट्ने छौं र स–साना बच्चालाई केकर र टिशर्ट बाँड्ने छौं ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW