माउरिन्हो भन्छन्, ‘रसिया विश्वकपमा ब्राजिल, अर्जेन्टिना, पोर्चुगल र बेल्जियम सेमिफाइनलमा पुग्नेछन्’

0

कोशी अनलाइन
जेठ ३०, मोरङ, पोर्चुगलमा जन्मिएका तथा म्यानचेस्टर युनाटेडका प्रशिक्षक जोसे माउरिन्होले विश्वकपको पूर्वसन्ध्यामा अनौंठो भविष्यबाणी गरेका छन् । उनका अनुसार रसिया विश्वकपमा ब्राजिल, पोर्चुगल, बेल्जियम र अर्जेन्टिना सेमिफाइनलमा पुग्नेछन् ।

माउरिन्होका अनुसार फ्रान्सलाई हराएर पोर्चुगल र इंग्ल्याण्डलाई हराएर ब्राजिल सेमिफाइनलमा पुग्ने माउरिन्होको दाबी छ । यस्तै स्पेनलाई हराएर अर्जेन्टिना र बेज्यिमयलाई हराएर साविकको विजेता जर्मनी पनि अन्तिम चारमा पुग्ने उनको अनुमान छ ।


माउरिन्होकाअनुसार विश्वकपमा उरुग्वे, स्पेन, फ्रान्स, अर्जे्न्टिना, ब्राजिल, जर्मनी, इंग्ल्याण्ड र सेनेगल समूह विजेता हुनेछन् भने रुस, पोर्चुगल, अष्ट्रेलिया, नाइजेरिया, स्वीट्जरल्याण्ड, मेक्सिको, बेल्जियम र पोल्याण्ड उपविजेता हुनेछन् ।

उरुग्वेविरुद्ध पोर्चुगल
स्पेनविरुद्ध रसिया
फ्रान्सविरुद्ध नाइजेरिया
अर्जेन्टिनाविरुद्ध अष्ट्रेलिया
ब्राजिलविरुद्ध मेक्सिको
जर्मनीविरुद्ध स्वीट्जरल्याण्ड
इंग्ल्याण्डविरुद्ध पोल्याण्ड
सेनेगलविरुद्ध बेल्जियम

यस्तै माउसिन्होले क्वार्टरफाइनल र सेमिफाइनलको सम्भावित भेट पनि अनुमान गरेका छन् ।
उनका अनुसार पोर्चुगल, स्वेन, फ्रान्स, अर्जे्न्टिना, ब्राजिल, जर्मनी, इंल्ग्याण्ड र बेल्जियम क्वार्टरफाइनलमा पुग्नेछन् । यसो हुँदा अन्तिम ८ भेट यस्तो हुनेछ ।

पोर्चुगलविरुद्धफ्रान्स
ब्राजिलविरुद्ध इग्ल्याण्ड
स्पेनविरुद्ध अर्जे्न्टिना
जर्मनीविरुद्ध बेल्जियम

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW