धरान फ्यान क्लब कीर्तिपुर गोल्डकपको फाइनलमा

0

कोशी अनालाइन
जेठ ३०, मोरङ, मोरङको पथरीशनिश्चरेमा जारी तेस्रो कीर्तिपुर गोल्डकपमा दङगा प्रहरी पकलीलाई स्तब्ध पार्दै धरान फ्यान क्लबले अन्तिम दुईमा स्थान बनाएको छ । धरानले प्रहरीलाई ४–२ गोलले जितेको थियो ।

तस्वीर- गाेल नेपाल डटकम

दङगाका बिक्रम राईले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । धरानका वर्तमान राईले १४ औं मिनेटमा गोल गर्दै खेल बरावरीमा पुर्याए भने खेलको १८ औं मिनेटमा खगेन्द्र खड्काले अर्काे गोल गर्दै खेलमा १ गोलको अग्रता दिलाएका थिए । तर, धरानको अग्रता २ मिनेट टिक्न नपाउँदै दङगाका क्याप्टेन डिकम्यान लिम्बूले गोल गर्दै खेल बराबरीमा पुर्याए । निकै प्रतिस्प्रधात्र्मक खेलमा दङगाका गोलकिपरको कमजोरीको फाईदा उठाउँदै धरानका मिलन राईले गोल गर्दै खेल २र३ को अग्रतामा पुर्याए ।

पहिलो हाफमा २र३ को अग्रता रहेको धरानका लागि दोस्रो हाफको ४ मिनेटमा दङगाका विकास बिकले आत्मघाती गोल गरेपछि भने धरानले २ गोलको अग्रता बनायो ।

सो प्रतियोगितामा आजको दोस्रो सेमिफाईनल खेलअन्तर्गत आयोजक न्यूस्टार क्लब र एकता फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल असार १ गते शुक्रबार हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपयाँ र उपविजेताले ५० हजार रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW