पालुंगो जुसले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु यस्ता छन्

0

 

पालुंगोलाई हामी सागको रुपमा खाने गर्छौं । यसमा पाइने विभिन्न खालका पौष्टिक तत्वहरुले हाम्रो स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । हामी पालुंगोलाई सागको रुपमा मात्र नभएर जुसको रुपमा पनि खाने गर्छौं । यसमा पाइने भिटामिन ए , सी , इ अनि के र बि कम्प्लेक्सले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छन् ।

पालुंगोको जुसले स्वास्थ्यलाई पुर्याउने फाइदाहरु यस्ता छन् :

१. पालुगोंकोे साग भिटामिन के को राम्रो स्रोत हो । त्यसैले पालुगोंको जुस पिउनाले हड्डीहरु बलियो हुन्छ ।

२. पाचन क्रियालाई राम्रो बनाइ राख्न पालुगोंको जूस पिउन सल्लाह दिइन्छ । यसले शरीरको विषाक्त पदार्थहरुलाई बाहिर निकाल्ने काम गर्नमा मद्दत गर्छ । साथै यदी कब्जियतको समस्या छ भने पालुगोंको जुस फाइदाजनक हुन्छ ।

३. छालासँग सम्बन्धित कुनै समस्या छ भने पालुगोंको जूस पिउनु राम्रो हुन्छ । पालुगोंको जुस पिउनाले छाला सुन्दर र जवान बनी रहन्छ । साथै कपालको लागि पनि पालुगोंको जुस राम्रो मानिन्छ ।

४. गर्भवती महिलाहरुलाई पनि पालुगाको जूस पिउने सल्लाह दिइन्छ पालुगांकोे जुस पिउनाले गर्भवती महिलाको शरीरमा आइरनको कमी हुँदैन ।

५. पालुगोंमा पाइने क्यारोटिन र क्लोरोफिलले क्यान्सरबाट बचाउनमा सहयोग गर्छ । त्यस बाहेक आँखाको रोशनीको लागि पनि पालुगोंको जुस पिउनु उत्तम हुन्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW