‘नेयमार ब्राजिलको ठूलो आशा हुन्’

0

कोशी अनलाइन
जेठ ३०, मोरङ, ब्राजिलका लेजेण्ड रोनाल्डोले नेयमार ब्राजिलको ठूलो आशा भएको बताएका छन् । रोनाल्डोले ब्राजिलले सन् २०१४ को लज्जास्पद हारको बदला लिने बताउँदै नेयमारबाट ठूलो आशा रहेको बताएका हुन् ।

उनी नेयमारले ब्राजिलको भार काँधमा बोक्नेमा विश्वस्त रहेको अन्तराष्ट्रिय आमसञ्चारले जनाएका छन् । सन् २०१४ मा ब्राजिलले जर्मनीविरुद्ध ७–१ को हार व्यहोरेको थियो । जुन खेल नेयमारले चोटका कारण खेल्न पाएनन् ।

नेयमारले २ सय मिलियन समर्थकको आशालाई निराशामा परिणत नगर्ने र आफूलाई पनि निराशा नबनाउनेमा रोनाल्डो विश्वस्त छन् । सन् २००२ मा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोल भने, ‘उनी हाम्रो ठूलो आशा हुन् । उनी आफू सर्वाधिक गोलकर्ता हुँदै रसिया विश्वकपको उपाधि ब्राजिललाई दिलाउनेछन् । ’

उनले भने, हामी यसमा पनि विश्वस्त छौं कि, हामी एकदमै तयारी छौं । मेरो विचारमा यसपाली विश्वपक ट्रफी ब्राजिलले नै उचाल्ने छ ।’ रोनाल्डोले जर्मनीसँगको हार सम्झदै भने, ‘त्यो एकदमै अफ्ठेरो थियो । हामी आशा गर्छौं कि त्यस्तो कहिल्यै नहोस् । म त्यो समयलाई बयान गर्नै सक्दिन । ’ उनले थपे, ‘तर, फुटबल भनेकै त्यहीँ हो जहाँ मौका हेरे इतिहास रचिन्छ ।’

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW