यस्ता खानेकुराहरु कहिलै पनि काँचै नखानुहोस

0

 

हामीले खाने दैनिक खानाहरुमा केहि पकाएर खान्छौं त केहि काँचै खाने गर्छौं । प्राय जसो खानेकुरा हामी पकाएर नै खाने गर्छौं । कतिपय खाना पकाएर खाने गरेमा त्यसमा रहेको पौष्टिक तत्वहरु नष्ट भएर जान्छन् । त्यसैले यस्तो अवस्थामा हामी काँचै खाने गर्छौं । केहि खाना काँचै खाँदा स्वास्थ्यलाई असर पर्न सक्छ । त्यसैले कस्ता खानेकुरालाई काँचै नखाने भनेर जान्नुपर्छ । त्यस्ता खानाले हामीलाई पेट दुख्ने समस्या ल्याउने गर्छन् ।

काँचै खान नहुने खानेकुराहरु यस्ता छन् :

१) दूध : दूधलाई नउमालिकन कहिल्यै पिउनु हुँदैन । काँचो दूधमा धेरै प्रकारका रोग लाग्ने ब्याक्टेरियाहरु पाइन्छ । जसले गर्दा काँचो दूध पिउनाले तपाई विभिन्न रोगको शिकार बन्न सक्नु हुन्छ ।

२) अन्डा : अन्डालाई पनि काँचै खाने गर्नु भएको छ भने अब सावधान हुनु्स् । काँचो अन्डा स्वास्थ्यको लागि हानिकारक हुन्छ । काँचो अन्डा प्रयोग भएको कुनै पनि खानेकुरा नखानु नै स्वास्थ्यको लागि राम्रो हुन्छ ।

३) मह : अध्ययनका अनुसार मह चाकाबाट निकालेर यत्तिकै खानु हुँदैन । किनभने कतिपय चाकामा नै ग्रेयानोटक्सिन नामक तत्व पाईन्छ जसको सेवनले शिथिलता र कमजोरी हुने खतरा बढ्छ । त्यसैले चाकाको महलाई राम्रो सँग प्रशोधित गरेर मात्रै खानु पर्छ ।

४) जाइफल : जायफलको धेरै सेवन गर्नाले स्वास्थ्यमा नोक्सान पुग्न सक्छ । जायफलको प्रयोग ५ ग्राम मात्रै उपयोग गर्नु राम्रो हुन्छ । तर,जायफल काँचो भने खानु हुँदैन ।

५) राजमा : राजमा लोकप्रिय गेडागुडीमध्येको एक हो । तर, राजमा कहिल्यै पनि काँचो खानु हुँदैन । यसले पेट सँग सम्बन्धीत रोगहरु लाग्न सक्छ । राजमामा ल्याक्टिन र कलप्रिट नामक एसिड पाइन्छ जुन पेटको लागि हानिकारक हुन्छ । राजमालाई कम्तिमा पनि ५ घण्टा पानीमा भिजाएर राम्रोसँग उमालेर मात्रै खानु पर्छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW