खानामा फाइबरको मात्रा बढाउने उपायहरु यस्ता छन्

0

 

फाइबर हामीले हाम्रो खानाबाट पाउने अत्यन्तै महत्वपूर्ण पौष्टिक तत्व हो । यसले हाम्रो पाचन पक्रियामा मद्धत पुर्याउँछ । यो हरियो सागसब्जी र फलफुलमा प्रसस्त मात्रामा पाइने गर्छ । यसले कोलेस्ट्रोललाई नियन्त्रण गर्न , रक्तचापलाई नियन्त्रण गर्न निकै ठुलो भूमिका खेल्ने गर्छ । त्यसैले हामीले हाम्रो खानामा फाइबरयुक्त खानेकुराहरु सामेल गराउनु निकै जरुरी छ । यसले शरीरको तौललाई नियन्त्रण गर्न पनि मद्धत पुर्याउने गर्छ । खानामा फाइबरको मात्रा बढाउनको लागी हामीले सागसब्जी र फलफुलमा जोड दिनुपर्छ ।

खानामा फाइबरको मात्रा बढाउन ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् :

१) बिहान ब्रेकफास्टमा फलफूलहरुको मात्रा बढाउने

२) खानाको अन्त्यमा गाँजर, काक्रो, मुला आदिको सलाद खाने वानी बसाल्ने

३) फलफूलको जुसको सट्टामा फलफूल नै खाने वानी बसाल्ने

४) वोक्रा समेत खाना मिल्ने फलफूल र तरकारीहरुको बोक्रा नताछीकन खाने

५) तरकारीमा फलफुल र गेडागुडीको मात्रा बढाउने

६) दैनिक रुपमा २ लिटर पानी पिउने

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW