पहिलो सेमिफाइनल खेलमा पुलिस र झापा ११ भिड्ने, को पुग्ला त लालबन्दी गोल्डकपको फाइनल ?

0

कोशी अनलाइन
जेठ ३०, सर्लाही, सर्लाहीको लालबन्दीमा जारी ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र झापा ११ भिड्ने भएका छन् । गत जेठ २४ गतेदेखि सुरु भएको सो प्रतियोगितामा आजको विजेता अन्तिम दुईमा पुग्नेछ ।

 खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । झापा ११ का केही मुख्य खेलाडी राष्ट्रिय टिमका काठमाण्डाै गएका कारण झापाले मुख्य खेलाडिबिहिन खेल खेल्नेछ ।

२४ गतेदेखि लालबन्दीमा सुरु भएको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सोमबारकाे खेलमा गोरखा ब्वाइज रुपन्देहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको हाे । पुलिसले गोरखा ब्वाइजलाई २–१ ले हराएर सेमिफाइनल प्रवेश गरेको हो ।

सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

को पुग्ला त लालबन्दी गोल्डकपको फाइनल ? आफ्नो कमेन्ट राख्नुहोला !

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW