यस्ता खानेकुराहरु फ्रिजमा राख्ने गरेमा स्वास्थ्यलाई हुन्छ ठुलो हानी

0

 

गर्मीको समयमा खाना छिट्टै बिग्रने गर्छ । त्यसैले खाना बिग्रन नदिनको लागी खानालाई फ्रिजमा राखिने गरिन्छ । तर कतिपय खानाहरु हामीले फ्रिजमा राख्दा त्यस्ता खानेकुराहरु स्वास्थ्यको लागी निकै हानिकारक हुने गर्छन् । कतिपय खानेकुराहरु फ्रिजमा राख्दा तिनीहरुमा रहेको पौष्टिक तत्वहरु नष्ट भएर जान्छन् । त्यसैले कस्तो खानेकुरा फ्रिजमा राख्ने र कस्ता नराख्ने भनेर जानी राख्नुपर्छ ।

फ्रिजमा राख्न नहुने खानेकुराहरु यस्ता छन् :

१) टमाटरः फ्रिजमा राख्दा टमाटर भित्रको ‘मेम्ब्रन’ टुट्छ र टमाटर चाँडै गल्छ अनि बिग्रिन्छ ।

२) पाउरोटीः फ्रिजभित्रको चिसो तापक्रमले पाउरोटीमा डिहाइड्रेसनको प्रक्रिया छिटो हुन्छ । यसबाट पाउरोटी चाँडै सुक्छ र बिग्रन्छ ।

३) अण्डाः धेरै दिनसम्म अण्डालाई फ्रिजमा राख्दा यसको योक सुक्छ र न्युट्रियन्स कम हुन सक्छ ।

४) केराः यसबाट इथाइलिन ग्यास निस्किन्छ जसले आसपासका फलहरुलाई चाँडै पकाइदिन्छ ।

५) निबुवा र सुन्तलाः यसमा साइट्र एसिड हुन्छ, त्यसैले फ्रिजभित्रको चिसो सहन सक्दैन । फ्रिजमा राख्दा यसमा दाग आउछ र स्वाद पनि फेरिन्छ ।

६) महः फ्रिजमा राख्दा मह गाढा हुन्छ र यसमा क्रिस्टल बन्न थाल्छ ।

७) स्याउः फ्रिजमा राख्दा यसमा रहेको एन्जाइम सक्रिय हुन्छन् र स्याउ चाँडै पाक्छ । राख्ने नै हो भने कागजमा लपेटेर राख्नुपर्छ ।

८) कफी पाउडर : यसले फ्रिजमा राखिएका अन्य वस्तुहरुको वास्ना सोस्छ र यसको आफ्नो वास्ना कम हुन्छ ।

९) हरियो पत्ता भएका फलफुलः केही दिनसम्म फ्रिजमा राख्दा पत्ता सुक्छ र तरकारी चाँडै बिग्रिन्छ ।

१०) प्याजः प्याजमा चिसोपना धेरै हुन्छ र फ्रिजमा राख्दा यसको बोक्रा गल्छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW