सुनसरीका जिशिअ सुवेदीविरुद्ध मुद्दा दायर

0

जेठ २९, काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका इकाई प्रमुख खगेन्द्रप्रसाद सुवेदीविरुद्ध रु पचास हजार घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार प्रमुख सुवेदीले श्री आधारभूत विद्यालय भन्टाबारीको विद्यालयको भौतिक सुधार कार्यक्रमअन्तर्गत बजेट पारिदिने भन्दै घुस मागेको अभियोग लागेको छ । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

रासस

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW