थ्री स्टार लालबन्दी गोल्डकपको सेमिफाइनल प्रवेश

0

कोशी अनलाइन
जेठ २८, सर्लाही, सर्लाहीको लालबन्दीमा जारी ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा कास्की ११ पोखरालाई स्तब्ध पार्दै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको छ । थ्रीस्टारले ट्राइब्रेकरमा कास्की ११ लाई ४–१ गोलान्तरले पराजित गर्यो ।

 

खेलको निर्धारित समय २–२ को बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको हो । थ्रीस्टार पहिलो हाफसम्म २–० ले पछाडि परेको थियो । कास्कीका लागि छैटौं मिनेटमा शान्त गुरुङ र १६ औं मिनेटमा उत्तम गुरुङले गोल गरेका थिए ।

पहिलो हाफ २–० ले पछाडि रहेको थ्रीस्टारले दोस्रो हाफको सुरुवातमै गोलको खाता खोल्यो । उसका लागि अजायी मार्टिन्सले ४७ औं मिनेटमा थोल गरे भने त्यसको एकै मिनेटमा बुद्ध चेमजोङले गोल गरे । बुद्धले ४८ औं मिनेटमा गोल गरे ।

यसपछि दुबै टिम बराबरमा रहे र खेल ट्राइबेकरमा धकेलियो । थ्रीस्टारका मिकेन तामाङ खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पाए ।
सो प्रतियोगिताको पहिलो सेमिफाइनलअन्तर्गत बुधबारको खेलमा झापा ११ र नेपाल पुलिस भिड्ने भएका छन् ।

सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उदयमान खेलाडीले मोटरसाइकल पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १५ हजार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW