गुडिया बनाउँदै अपाङ्ग भएका ब्यक्तिहरु

0

उत्तम पोख्रेल
कोशी अनलाइन
जेठ २९,मोरङ, मोरङको बेलबारीमा रहेका अपाङ्ग भएका व्यक्तिहरु व्यवसायीक बन्न विभिन्न तालिम लिन थालेका छन् । अपाङ्ग भएका व्यक्तिहरु पनि सपाङ्गहरुसरह काम गर्न सक्ने क्षमता भएको भन्दै उनीहरु व्यवसायीक बन्नका लागि विभन्न तालिमहरुमा सहभागी हुन थालेका हुन् ।

उनीहरु अहिले गुडिया बनाउने तालिममा ब्यस्त बनेका छन् । बेलबारी नगरपालिकाको सहयोगमा गुडिया बनाउने तालिममा सहभागी भएका छन् । ‘समाजमा सपाङ्गसरह काम गर्न सक्ने क्षमता हामीसँग छ’ स्थानीय भोजबहादुर बस्नेतले भने ‘राम्रो खालको सीपमुलक तालिम पाउने हो भने हामी पनि ब्यासायिक बन्न सक्छौं ।’
अपाङ्ग भएका व्यक्तिहरुसँग क्षमता हुँदाहुँदै पनि राम्रा खालका तालिम नआउने गरेको उनीहको गुनासो रहेको छ । अहिले आएको तालिमले भने व्यवसायीक बन्न सक्ने उनीहरु बताउँछन् ।

यता बेलबारी नगरपालिकाले भने अपाङ्गता धारण गरेका व्यक्तिहरुका लागि विभिन्न कार्यक्रम गर्ने जनाएको छ । सरकारी भवनहरु अपांगमैत्री बनाउने, अपांगहरुको तथ्यांक संकलन गरेर जिविकोपार्जन हुने खालका कार्यक्रम ल्याउने बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW