बलात्कार बढ्दो, हत्या घट्दो

0

बाबुराम बास्तोला

कोशी अनलाइन
जेठ २९, संखुवासभा, संखुवासभामा बलात्कारका घटना बृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) संखुवासभाले मंगलबार सदरमुकाममा प्रस्तुत गरेको तथ्याङअनुसार गतवर्षको तुलनामा यो वर्ष बलात्कारका घटना बढेको पाइएको हो ।


इन्सेक जिल्ला प्रतिनीधि बाबुराम बास्तोलाले “नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९” मा समावेश गरिने मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गर्दै बलात्कारका घटना बढेको बताएका हुन् । इन्सेक संखुवासभाको अनुसार सन् २०१८ को जनवरीदेखि मे महिनासम्म २२ वटा मानवअधिकार हनन् तथा ज्यादतीका घटना घटेका छन् ।

इन्सेकको प्रतिवेदनअनुसार पाँच महिनाको अवधिमा बलात्कारको घटना चार, बलात्कार प्रयासको घटना ११ वटा भएका छन् । गत वर्ष सन् २०१७ को अवधिमा बलात्कार, बलात्कार प्रयास तीन वटा मात्रै भएको थियो । पाँच महिनाको अवधिमा दुई जनाको हत्या भएको छ भने एक जनालाई हत्या प्रयास गरीएको ,मानव बेचविखनको एक घटना भएको छ भने बहुविवाहका घटना एक वटा समावेश गरिएको छ । सन २०१७ मा हत्या हत्या÷प्रयास १० वटा भएको थियो भने गत वर्ष मानवबेचविखन का कुनै पनि घटना भएका थिएनन् । पाँच महिनाको अवधिमा महिला हिसा तथा घरेलु हिंसाका घटना एक र कुटपिट तथा धम्किका एक वटा समेटीएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकारवर्षपुस्तकले मानवअधिकार प्रवर्धनमा सहयोग पुगेको बताए । सबै पक्षको समान सहभागिताले मात्रै मानव अधिकार प्रवर्धन हुने प्रमुख शाक्यले उल्लेख गर्दै इन्सेकले मानव अधिकार वर्षपुस्तकको क्षेत्र बढाउनुपर्ने सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले मानव अधिकारलाई सापेक्षित रूपमा हेर्नु पर्ने भएकोले नेपालको परिवेशमा गाँस, बास र कपासल गायतका आधारभूत आवश्यकताका विषयलाई उठान गरेर लानु पर्नेमा जोड दिए ।

जिल्ला न्याधिवक्ता कैलास दहालले घटना विवरणको सुद्धासुद्धिमा अत्यन्तै चनाखो हुनुपर्ने भन्दै ग्रामीण भेगका ज्यादतीका घटनालाई समेत उजागर गर्न आग्रह गरेका थिए । उनीहरूले सत्य र तथ्यलाई बढी जोड दिएका थिए । दहालले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रहरी नायव उपरिक्षक श्याम सारु मगरले इन्सेकले प्रकाशन गर्ने बर्षपुस्तक एउटा दस्ताबेजको रूपमा रहने हुँदा घटनाहरू प्रकाशन गर्दा सतहमा रहेर नभई अनुसन्धान गरी प्रकाशन गर्नुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासघ संखुवासभा अध्यक्ष इन्द्र गिरीले इन्सेकले घटनाहरूको अभिलेख राख्ने भएकाले तुलनात्मक अध्ययन गर्न सहज भएको बताए । उनले इन्सेकले नियमित प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्षपुस्तकको निरन्तर प्रयास र खबरदारीले मानव अधिकारको क्षेत्रमा समाजको प्रष्ट चित्रण गरेको बताउँदै बदलिदो परिस्थिति अनुसार इन्सेक अगाडि बढ्नुपर्ने  बताए । सहभागिहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन गरी ती सवालहरूलाई उजागर गर्नुपर्नेमा जोड दिएका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW