गृहमन्त्री बादललाई ओलीको चिठ्ठी !

0

कोशी अनलाइन
जेठ २९, मोरङ,

सम्माननीय गृहमन्त्रीज्यू, नमस्ते !

यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झण्डा उठाउने बेला लाखौं मजदूर र सर्बहारावर्गले न्याय, मुक्ति र अधिकारको लडाईंमा साथ दिएको पनि सत्य नै हो ।

यो संसदीय व्यवस्थाविरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो ।

आज तपाईंको चर्चा दुई किसिमबाट हुँदैछ । एउटा खोक्रो रास्ट्रवादमा लागेर तपाईंलाई समाप्त पारी दिने र अर्को चर्चा क्रान्तिलाई बचाएर हिजोको बाचा पूरा गर्ने ।

एकातिर क्रान्तिको झण्डा फहराएको छ अर्कोतिर सिन्डिकेटधारीविरुद्ध तपाईंको कठोर कदम चल्दै छ । यहीबीचको फाइदा लिन केही मुठ्ठीभरका मान्छेहरु देशलाई गृहयुद्ध लग्ने अनेक कसरतमा देखिन्छन् ।

साँच्चिकै गृहमन्त्रीज्यू, यो देश केही पात्रहरुको अपूर्व भाषण, केही मुठ्ठीभरका सुकिला मुकिलाहरुदेखि तस्कर र दलालहरुले स्वर्गीय सपनाहरु देख्ने गती मात्र पैदा भएको बेला तपाईंको यो कदमले सिन्डिकेटधारीहरु रुवाबासी गर्दै होलान् ।

सायद विद्रोह क्रान्तिको मोर्चाबाट निकै होनाहार नेतृत्वको जन्म भएको छ । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको नेतृत्वमा भएको लोडसेडिङको अन्त्य र हाल तपाईंको नेतृत्व भएको सिन्डिकेटविरुद्धको कठोर कदम विप्लवको नेतृत्व भएको भ्रष्टाचारविरुद्धको क्रान्ति साँच्चिकै नेपालको इतिहासमा सत्य र निष्ठाका साथ लाग्ने हो भन्ने सबै सम्भव रहेछ भन्ने कुरा कहीकतै दुईमत छैन ।

क्रान्तिको झण्डा उठाउन साहस गर्ने विप्लव, सिन्डिकेट तोड्न साहस गर्ने तपाईं र लोडसेडिङको सिन्डिकेट तोड्ने जनार्दन शर्मा अब यो देश सर्बहारावर्गको अधिनमा राख्न साहस र नेतृत्वको वातावरण पनि तपाईंहरुले नै मिलाउनु पर्छ ।

चर्चा प्रतिक्रियावादीहरुले पनि गर्लान्, के कसरी बद्नाम गराउने भनेर । तर, सत्य चर्चा त्यहाँ हुन्छ जहाँ परिवर्तनको कुरासंग विद्रोहको झण्डा उठ्छ । त्योसँगै सफल नेतृत्वको बढी चर्चा हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको तपाई नेतृत्वहरुले सामान्य सुधार मात्र होइन युग परिवर्तन गर्ने मोर्चाको नेतृत्व लिनु पर्दछ ।

जनवादी सत्ताको केन्द्रबाट धेरै अपेक्षाहरु थियो । १७ हजारको बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटारलाई जनसत्तामा रुपान्तरण गर्ने यो बहस मात्र थिएन यो दस्तावेजमा मात्र उल्लेख हुनुहुँदैन थियो । सहिदको बलिदान हाम्रा हातका हतियार र बर्दीसंग सर्वहारावर्गका महान सपना र बिपनाहरु थिए ।

हामीले सोच्दै थियो बालुवाटारमा हाम्रो नेतृत्व पुग्यो भन्ने एकपटक नेपालको युग परिवर्तन हुनेछ । सर्वहारावर्गको नेतृत्वमा जनवादी गणतन्त्र नेपाल हुनेछ अनि हाम्रो होनहार नेतृत्व वैज्ञानिक पथमा राखिनेछ । अनि विश्वभरि वैज्ञानिक समाजवादको बाटो तयार हुनेछ भन्ने लागेको थियो । तर, दुःखको कुरा ती सुविधाजनक ठाउँ सुकिला महल भए पुग्ने कम्युनिस्टको रुपान्तरणसंगै नेतृत्व चर्चा हुन छोड्यो । चर्चा भएपनि व्यवस्था त्यही भएपछि सर्वहारावर्गले कुनै आशा राख्ने ठाउँ भएन र फेरि क्रान्तिको सपना देख्न थाले । क्रान्तिको चर्चासँगै विश्वको ध्यान फेरि नेपाल मै केन्द्रित भएको सुन्दै छु । क्रान्तिकारी अस्तित्व नै समाप्त गर्ने बहस हुदै छ रे ।

सम्माननीय गृहमन्त्रीज्यू !
प्रक्रियावादीहरुको चर्चा र परिचर्चा भन्दापनि सर्वहारावर्गको मुक्तिको महान विचार लक्ष्यप्रतिको यात्रा सधैं सत्य र न्यायको पक्षमा निकै उत्साह लगन तथा साहस साथ थियो नै । माओवादी पार्टीको आगमनसँगै सिंहदरवार र साम्राज्यवादले चर्चा सुरु गरेका थिए । शासकहरुले तपाईंहरुको मुल्य पनि गरेकै हो । संसदीय भ्रमजालमा राखेर क्रान्तिकारी इतिहासलाई नै ध्वस्त गर्ने प्रयास धेरैफेर भएको इतिहास हामीसामु छ । अहिलेपनि केही अप्रीय घटना घट्दै गरेको देखिन्छ । जनताको पक्षमा क्रान्तिकारी आवाज बोल्नेहरुलाई पक्राउ र जेलनेल भएको छ । यस्ता केही घटना सुन्दा निकै आक्रोसित बनाउँछ । बाटो तपाईंहरुकै एजेन्डा तपाईंहरुकै त्यति बेलाका नेतृत्व तपाईंहरुनै अहिले त्यही बाटो जानेलाई किन वारेन्ट जारी हुँदैछ ? यो व्यवस्थाले जनतालाई विभेद गरेको छैन भनेर भन्न सक्नु हुन्छ ?

हामीलाई विभाजन गरेर बोसोका पारखीहरुले हामीबीचमा लडाईंको खेती गर्दै छन् । हामीले लडेर लिएको गणतन्त्र हामीलाई नै गणतन्त्रविरोधी गराउँदै छन् । सहिद परिवार रुँदै छन्, घाइतेहरु भोकै छन्, क्रान्ति गर्ने योद्धाहरु अझै नाङ्गै छन्, मजदूरहरु दामविहिन छन्, किसानहरु कामबिहिन छन्, युवायुवतीहरु बेरोजगार छन्, विद्यार्थी कलमविहीन हुँदै छन्, दिदिबहिनीमाथि बलात्कार भइरहेको छ, गरिवका आँखाबाट धेरै आँशु बगिरहेकै छन् र दैनिक लाखौं युवा विदेश जाने लाइनमा ठेलम्ठेल गरिरहेका छन् ।

सम्माननीय गृहमन्त्रीज्यू ! यो कस्तो खालको कम्युनिस्टहरुको गणतन्त्र हो ? 

संघीयता गणतन्त्रको अपहास गर्नेगरी भएको सुकुम्बासीमाथि दमन पञ्चायतकालको झल्को दिनेगरी जबरजस्ती आफ्नो लुटको शासन थोपर्न झुपडीमा किन आँखा लाग्दै छ । महल भत्काउने दस्तावेज झुपडीमा आगो लगाउनु नाम चै कम्युनिस्ट राख्नु कहाँसम्मको सत्य छ ।

जनताको परिवर्तनको चाहना पूरा गर्न पहिलो कुरा राजनीतिक सिन्डिकेट तोड्ने आँट गर्नुस् । अनि सरकार सन्चालनको सिन्डिकेट जनताको झुपडीमा पुग्नेगरी तोड्नुस् र थवाङदेखी चुनवाङसम्मको वाचा र दस्तावेज सम्झिनुस् । भन्दै मेरो छोटो पत्र यहीँ अत्य गरेँ ।

उहीँ पूर्वजनमुक्ति सेना टिकाराम अोली

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW