प्रधानमन्त्री ओलीले चिची–पापा दिएनन् -प्रमुख प्रतिपक्षी

0

गोपाल पोखरेल
कोशी अनलाइन
जेठ २८, मोरङ, प्रदेश नं.१ सरकारले तय गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षीदल कांग्रेसले असहमती जनाएको छ । प्रदेश सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रमको विषयमा आज संसद्मा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षीदलले असन्तुष्टिी जनाएको हो ।

सरकारपक्षले नीति तथा कार्यक्रम तयार गर्दा प्रमुख प्रतिपक्षीलाई मानईस गरेको प्रदेश नं १ काग्रेसका प्रमुख सचेतक केदार कार्कीले आरोप लगाएका छन् । उनले प्रदेश नं.१ लाई उपेक्षा गरेको दाबी गरे । प्रधानमन्त्री केपी ओलीले प्रदेश संसद्मा सम्बोधन गर्दा विकासको मूल फुट्ने आशा गरेको तर, केही नआएको बताए ।

कार्कीले प्रधानमन्त्री केपी ओलीलाई व्यङग्य गर्दै भने, ‘गार्जेन आउनु भो चिची पनि दिनुभएन पापा पनी दिनुभएन ।’

कार्कीले संघीय सरकारसँग अधिकार लडेर लिनुपर्ने बताए । अर्का सांसद् शेखरचन्द्र थापाले बजेट महत्वकांक्षी भएको बताए । उनले भने, ‘नीति तथा कार्यक्रम महत्वकांक्षी छ, यो कार्यान्वयन सम्भव छैन् । सांसद् लोकप्रसाद संग्रौलाले सरकारले पूर्वाञ्चल विश्वविद्यालयको स्तरोन्नति गर्न बजेट छुट्याउन बिर्सिएको आरोप लगाए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW