सरकारपक्षका सांसद् भन्छन्, ‘नीति तथा कार्यक्रम अपूर्ण छ ।’

0

गोपाल पोखरेल
कोशी अनलाइन
जेठ २८, मोरङ, प्रदेश नं.१ सरकारले तयार गरेको नीति तथा कार्यक्रम अपूर्ण रहेको सरकारपक्षकै सांसदहरुले बताएका छन् । १ नम्बर प्रदेश सरकारले संसद्मा प्रस्ताव गरेको नीति तथा कार्यक्रम अपूर्ण भएकाले पूर्ण बनाउन सुझाव दिएका हुन् ।

सांसद राजेन्द्र राईले निती तथा कार्यक्रम गाँउ केन्द्रीत नभएको टिप्पणी गरे । उनले भने, ‘युवा पलायन भएका छन् बजेट गाँउ केन्द्रीत हुनुपर्छ ।’

अर्का सांसद उमिता विकले महिला हिंसा न्यूनिकरण कार्यक्रमलाई प्रोत्साहन नभएको भन्दै असन्तुष्टि जनाइन् । उनले भनिन्, ‘महिला हिंसाका कार्यक्रम समावेश गर्न आवश्यक छ त्यो छैन ।’

सांसद रामबहादुर मगरले स्वदेशी उत्पादनलाई बढुवा दिनुपर्ने बताए । उनले भने, ‘स्वदेशी उत्पादनलाई बढुवा दिएको पाइएन ।’
सांसद सर्वध्वज साँवाले प्रत्येक गाँउ–गाँउमा हेलीप्याड पु¥याउन माग गरेका छन् । उनले भनेका छन्, ‘दुर्गम गाँउका सुत्केरीको उपचारका लागि प्रत्येक गाँउमा हेलीप्याड पुग्ने व्यवस्था गर्नुपर्छ ।’

सांसदहरु धिरेन्द्र शर्मा, उपेन्द्र घिमिरेले नीति तथा कार्यक्रमलाई पूर्ण बनाउन सुझाव दिएका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW