गर्मी छल्ने उत्तम विकल्प : स्वीमिङपूलमा डुबुल्की, विद्यार्थीदेखि उद्योगिसम्म पौडीमा मस्त

0

गोपाल पोखरेल
कोशी अनलाइन
जेठ २८, मोरङ,अहिलेको थामिनसक्नुको गर्मीको विकल्प बन्न सक्छ स्वीमिङपूलमा डुबुल्की मार्नु । विराटनगरको थामिनसक्नुको गर्मी छल्नका लागि स्थानीयहरु स्वीमिङपूलमा पौडी खेल्न जाने गर्छन् ।

विराटनगरको अहलेको तापक्रम ३८ डिग्री सेल्सियस छ । यहि तापक्रमको राप सहन नसकेर विराटनगरमा रहेर दैनिकी कटाउने कामकाजी मानिसहरु रिफ्रेस गर्न स्वीमिङपूलको आनन्द लिने गरेका छन् । उद्योगि प्रदिप सारडा र नविन रिजाल विराटनगरको औद्योगिक घरानाको राठी र मन्दडाका परिवारहरुनै स्वीमिङपूलको अनन्द लिन्छन् । त्यतीमात्र होइन विराटनगरबासी नै गर्मीछल्न स्विमिङपुल धाउने गर्छन् ।

विराटनगरमा ४ वटा स्वीमिङपूल छन् । यिनै स्वीमिङपुलहरु उज्यालो हुन नपाउँदै व्यस्त हुन्छन् । विराटनगरको ड्रिमल्यान्ड, फनएण्ड फुड भिलेज, सेन्टजोसेफ (स्कुलको) स्विमिङ पुल, जेनियल होटलका स्वीमिङपूल खाली हुँदैनन् । विराटनगरका डाक्टरदेखि उद्योगीहरुसम्म पौडी खेल्न यी स्वीमिङपूलमा व्यस्त हुन्छन् ।


विराटनगरको हाटखोलामा रहेको फन एण्ड फुड भिलेजका कर्मचारी बिन्दु लामाकाअनुसार उक्त स्वीमिङपुलबाट मासिक २ लाख आम्दानी हुन्छ । लामा भन्छन्, ‘दैनिक ८० देखि १०० जनासम्म पौडी खेल्न यहाँ आउँछन ।’ लामाकाअनुसार वर्षायाम सुरु भएपछि मात्रै यसको कारोबार हुन्छ । उनले भने, ‘ यहाँ उद्योगी, सर्वसाधारण र मोडलहरु स्वीमिङका लागि आउने गर्छन ।’

यता सेन्ट जोसेफ स्कूलले सञ्चालन गर्दै आएको स्वीमिङपूलमा उक्त विद्यालयका २ सय ५० जना विद्यार्थी नियामित पौडी खेल्छन् ।
पौडीका प्रशिक्षक संञ्जय कट्वालकाअनुसार बिहान ६ बजेदेखि ७ः३० बजेसम्म नोबेल अस्पतालका डाक्टर, उद्योगीहरु रमाउने गर्छन् । उनीहरुको यो नियामीत दिनचर्या हो ।


यस्तै जेनीयल होटलले सञ्चालन गरेको सानो स्वीमिङपूलमा दैनिक १५ देखि २५ जनाको हाराहारीमा पौडीमा रमाउने गर्छन् । जेनियमा बास बस्ने विदेशीहरु र अन्य अतिथीहरु उक्त स्वीमिङपूलमा रमाउने गर्छन् ।

विराटनगरको घिनाघाटमा बसन्त हुमागाईंले सञ्चालन गरेको ड्रिम गार्डेनमा पौडी खेल्न र हेर्न आउनेको संख्या करिब दुई सय पुग्छ । शनिबार अलि बढी हुने गरेको त्यँहा कार्यरत कर्मचारीले बताए । उनले भने, ‘धेरैथोरै आउँछन शनिबार चाँही अली बढी हुन्छ ।’ स्वीमिङपूल सञ्चालन गरेर उक्त ड्रिम गार्डेनले करिब मासिक २ लाख रुपैयाँ कमाउछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW