विराटनगरमा जारी मिस्टर एण्ड मिस टीन पूर्वाञ्चलको फाइनल असार २ गते

0

कोशी अनलाइन
जेठ २७, मोरङ, विराटनगरमा जारी मिस्टर एण्ड मिस टीन पूर्वाञ्चल विराटनगरकै ठूलो सौन्दर्य प्रतियोगिता हो । यस वर्षदेखि सुरु भएको सो प्रतियोगितामा पूर्वका विभिन्न क्षेत्रबाट उल्लेख्य प्रतिस्पर्धीको सहभागिता थियो ।

प्रतिस्पर्धामा विभिन्न चरणहरु पार गर्दै उनीहरू फाइनलका लागि छनौट भएका हुन् । उनीहरूलाई विभिन्न रचनात्मक र नेतृत्वमूलक तालिमपछि असार २ गते अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुने प्रतिस्पर्धाका विजेतालाई ताजसहित आकर्षक पुरस्कार प्रदान गरिने क्रिएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

पूर्वका विभिन्न क्षेत्रबाट १ सय ४० जनाले छनौट चरणमा सहभागिता जनाएका थिए । सञ्चारकर्मी निशा खुसी, डा.मञ्जिल श्रेष्ठ, कोरियोग्राफर समीक्षा कार्की, शिक्षासेवी भेषराज पोखरेल, बैंकर नवनितराज प्रधानले निर्णायकको भूमिका निर्वाह गरेको निर्देशक ताम्राकारले बताए । उनका अनुसार यो प्रतिस्पर्धाबाट वास्तविक प्रतिभा छनौट हुनेछन् । “हामी साँच्चिकै प्रतिभाको खोजीमा छौं,” उनले भने, “यो प्रतिस्पर्धाको विजेताले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै केही गरोस् भन्ने हाम्रो इच्छा र चाहना छ ।”

पहिलोपटक आयोजना गर्न लागिएको प्रतिस्पर्धालाई हरेक वर्ष निरन्तरता दिइने योजना रहेको निर्देशक ताम्राकारको भनाइ छ । आयोजकभन्दा पनि अभिभावकको हिसाबले प्रतिस्पर्धीहरूलाई समान रुपमा तालिम दिइरहेको उनले बताए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW