fbpx

पूर्वमन्त्री यादवले पूरा गरे वाचा, रंगेली खानेपानीमा सोलार जडान

रबिन्द्र बराल
कोशी अनलाइन
जेठ २५, मोरङ, २०५२ सालदेखि सञ्चालनमा आएको रंगेली खानेपानी तथा उपभोक्ता समितिद्वारा सुरु भएको संस्थामा २३ वर्षपछि सोलार प्यानल जडान भएको छ ।

खानेपानी तथा ढल निकास विभागको सहयोगमा रंगेली खानेपानीमा सोलार प्लान्ट जडान गरिएको छ । पूर्वमन्त्री महेन्द्र यादवले गत २०७४ साउन २४ गते रंगेली खानेपानी संस्थाको अनुगमन गरेका थिए । सोहीक्रममा उनले संस्थालाई सोलार जडान गरिदिने प्रतिवद्धता जनाएका थिए । १० महिनापछि यादवले आफ्नो वाचा पूरा गरेर उनकै पहलमा सोलार जडान सुरु गरिएको छ ।

नेपाल सरकारको करिब ७५ लाखको सहयोगमा सोलार प्लान्ट जहान गरिएको खानेपानी संस्थाका सचिव अभिषेक अधिकारीले बातए । सोलार प्लान्ट जडान भएसंगै रंगेली बजारभित्र रहेका ७ सय ९० घर परिवारले सो खानेपानी प्रयोग गरिरहेकोे खानेपानीका प्रमुख शिवराज दाहालले बताए । उनका अनुुसार यसअघि विद्युत आपुर्ति नहुँदा खानेपानीसमेत बन्द हुने अवस्था रहेको थियो । उनले सोलार प्लान्ट जडानपछि सो समस्या नहुुुने बताए ।

सो समितिले दैनिक करिब साढे ४ लाख लिटर पानी खपत गर्दै आएको छ । खानेपानीले १५ हर्ष् पावरको पम्पबाट पानी तान्दै आएकोमा अब सोलार प्लान्टबाट २० हर्ष् पावरको पम्पबाट पानी तान्न सकिने प्रमुख दाहालले बताए ।

खानेपानी संस्थाले विद्युत प्राधिकरणलाई मासिक ६० हजार रुपैयाँसम्म विद्युत महशुल बुझाउँदै आएको थियो । २३ वर्षदेखि हालसम्ममा कुनै पनि पाईपलाई चेन्ज नगर्दा रंगेलीका बासिन्दाहरुले फोहर लेदो पानी पिउन बाध्य हुनु परेको छ । नेपाल सरकारलाई बारम्बार जानकारी गराएता पनि र हालसम्म पनि कुनै साँचोसमेत नदेखिएको र खानेपानी संस्थाको आर्थिक अवस्था कमजोर भएको कारणले अहिलेसम्म पुराना पाइपलाइन फेर्न नसकेको संस्थाका नइम आलमले बताए ।

Koshi Online

FREE
VIEW