अनमोल बलिउडमा डेब्यू गर्दै, पाउलान् त सफलता ?

0

कोशी अनलाइन
जेठ २४, मोरङ, नेपाली फिल्म ‘क्रि’बाट चर्चाको शिखरमा पुगेका नायक अनमोल केसीले पछिल्लोसमय लगातार फिल्ममा साइन गर्दैछन् । क्याप्टेन, ए मेरो हजुर लगायत फिल्म उनको नाममा छन् भने निर्देशक मिलन चाम्सले अनमोललाई लिएर ‘ब्याचलर बन्टी’ निर्माण गर्ने पक्का भइसकेको छ ।


तर, अब त्यतिमात्र नभएर उनले बलिउडमा टिकट काटेका छन् । खबरका अनुसार सुप्रसिद्ध म्युजिक कम्पनी वल्र्डवाइड रेकर्डस संघले निर्माण गर्न लागेको फिल्मबाट अनमोेलले बलिउडमा प्रवेश गर्दैछन् । फिल्मको नाम भने घोषणा गरिएको छैन ।

भारतीय पत्रिका ‘हमारा महानगर’ का अनुसार संगीतको दुनियाँमा नयाँ आयाम थपिरहेको प्रसिद्ध म्युजिक कम्पनी वल्र्डवाइड रेकर्डस् लिमिटेडले फिल्मका गीत रिलिज गर्नुका साथै फिल्म निर्माणको क्षेत्रमा खुट्टा हालेको छ । म्युजिक कम्पनीले निर्माण गर्न लागेको यो पहिलो फिल्म हुनेछ ।

नेपाली फिल्म उद्योगका वरिष्ठ अभिनेता भुवन केसी र उनका छोरा अभिनेता अनमोल केसीलाई लिएर निर्माण गरिने हिन्दी एवं नेपाली फिल्म भारत र नेपाल बाहेक ७४ देशमा रिलीज गरिने उक्त पत्रिकाले लेखेको छ ।

नेपालका कलाकारहरुसँग समन्वय गरी काम गर्न पाउँदै निकै खुसी लागेको वल्र्डवाइड रेकर्डस्का लगानीकर्ता रत्नाकर कुमारले बताए । कुमार सो चलचित्रका लेखक हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW