मनिषा कोइराला बल्ल देखिइन् ‘सन्जु’को नयाँ पोस्टरमा

0

कोशी अनलाइन
जेठ २४, मोरङ, अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक फिल्म ‘सन्जु’को नयाँ पोस्टरमा नेपाली मुलकी अभिनेत्री मनिषा कोइरालासहितको नयाँ पोस्टर सार्वजनिक भएको छ ।


बलिउड निर्देशक राजकुमार हिरानीले आफ्नो फिल्म ‘सन्जु’ को नयाँ नयाँ पोष्टर हरेक दिन सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेको पछिल्लो पोष्टरमा रणवीर कपुर र मनिषा कोइरालालाई देखाइएको हो । फिल्ममा मनिषाले रणवीरकी आमा नरगिसको भूमिका निभाएकी छिन् । पोष्टरमा उनी पहिलोपटक देखिएकी हुन् । सञ्जुको ट्रेलरमा मनिषालाई खासै स्थान दिइएको छैन ।

सञ्जु फिल्ममा मनिषाको महत्वपूर्ण भूमिका रहेको अनुमान गरिएको छ । किनकी सञ्जय दत्तको जीवनमा आमा नरगिस निकै महत्वपूर्ण छिन् । उनले बारम्बार भन्ने गरेका छन्, ‘म आज जहाँ छु, आमाकै कारणले गर्दा हो ।’

जुन २९ मा प्रदर्शन गरिने शो फिल्ममा सञ्जय दत्तको भूमिकामा अभिनेता रणवीर कपूर रहेका छन् । फिल्ममा रणवीरका अलावा परेश रावल, मनिषा कोइराला, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा, विक्की कौसल, वोमन इरानीलगायतको भूमिका छ ।

फिल्ममा सञ्जय दत्तकी प्रेमिकामा टिना मुनीमको भूमिकामा सोनम कपूर, सञ्जय दत्तका बुवा सुनिल दत्तको भूमिका परेश रावल, सञ्जयका आमा नरगिसको भूमिकामा अभिनेत्री मनिषा कोइराला र सञ्जयकी श्रीमतिको भूमिकामा अभिनेत्री दिया मिर्जाले अभिनय गरिरहेका छन् । यसैगरी सलमान खानको रुपमा जिम सरब, टीना मुनिमको रुपमा सोनम कपुर र माधुरी दीक्षितको रुपमा तमन्नाको भूमिका छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW