भाइरल व्वाई अशोकको पहिलो कार्यक्रम भव्य सम्पन्न, खेलकुदमन्त्रीले गरे सम्मान

0

कोशी अनलाइन

जेठ २४, काठमाडौं,
फरक किसिमको गायनकला भएका भाइरल ब्वाई अशोक दर्जीले पहिलो स्टेज कार्यक्रम सम्पन्न गरेका छन् । ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत गाएपछि उनको माग धेरै ठाउँमा छ । यसैबीच बुधबार राजधानीको लगनखेलस्थित आर्मी ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुती दिए जहाँबाट सयौंको वाहीवाही पाए ।

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उद्घाटन समारोहमा प्रस्तुती दिन गएका अशोक र टंकलाई खेलकुद मन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यतिठूलो कला भएको भन्दै प्रसंसासमेत गरेका थिए । साथै उनले प्रस्तुती दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे ।

सातैं प्रदेशबाट आएका विभिन्न विद्यालयका खेलाडीहरुले अशोक जब गीत गाउँन थाले तब अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।

अशोकले गीतलाई ट्रयाकमा गाउनेक्रममा केही भुलहुन गएमा टंक सच्चाउँदै गाएका थिए । पहिलो स्टेज कार्यक्रम भएकोले पनि अशोकलाई ट्रयाकमा गाउन केही समस्या परेको देखिन्थ्यो । कार्यक्रम सकेपछि टंकले अशोकको पहिलो स्टेज कार्यक्रमनै नेपाल सरकारको लागि भएको ब्याच लाएर गर्न पाउँदा निकै खुसी लागेको बताए ।

 उनी केहि दिनमा बिदेशका केहि देशहरुमा कार्यक्रमकै लागी जाँदैछन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW