birat ribon

खुट्टाको नसा फुल्नुको उपचार

Neuro
खुट्टाको नसा फुल्नुको  उपचार

डा. रोविनमान कर्माचार्य

नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ।खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई ‘रेडियोफ्रिक्वेन्सी एबलेसन’ भनिन्छ।

cura insider

धुलिखेल अस्पतालमा सन् २०१३ अगस्टबाट सेवा सुरु गरेपछि हालसम्म चार सयभन्दा बढी बिरामीले रेडियोफ्रिक्वेन्सी एबलेसन गराइसकेका छन्। विभिन्न चरणमा गरिएका अध्यनन अनुसार रेडियोफ्रिक्वेन्सी एबलेसन गराएका बिरामीमा फेरि नशा सुन्निने समस्या दोहोरिएको पाइएको छैन।

रेडियोफ्रिक्वेन्सी एबलेसनका फाइदा

शल्यक्रियाको भोलिपल्ट नै राम्ररी हिँड्न सकिन्छ,

शल्यक्रियामा कम रक्तस्राव हुन्छ,

दुखाइ कम हुन्छ,

आफ्नो काममा छिटो फर्कन सकिन्छ,

छालामा सानो घाउ/दाग मात्र रहन्छ। आदि।

भेरिकोज भेनको शल्यक्रिया गरेका बिरामीले केके गर्ने
(१) शल्यक्रियाको एक सातासम्म चिकित्सकको सुझाव अनुसार खुट्टामा ब्यान्डेज लगाउने,
(२) खुट्टामुनि १ – २ वटा सिरानी राखी खुट्टा उचाल्ने,
(३) खुट्टाको हलुका कसरत गर्ने,
(४) कम्तिमा दुई हप्तासम्म भारी सामान नउचाल्ने,
(५) सिँढी तलमाथि धेरै नगर्ने।

jackson ribon

प्रतिक्रिया

Comments are closed.