fbpx

बालापनको झलकसहित ‘बाबु कान्छा’को टिजर आउट, यस्ता थिए सानामा सलोन

कोशी अनलाइन
जेठ २२, भुवन केसी अभिनित ‘नेपाली बाबु’ को एक झलकसहित नायक सलोन बस्नेत अभिनित ‘बाबु कान्छा’को टिजर आउट भएको छ । १७ वर्षको हुँदा ‘नेपाली बाबु’ मा भुवन केसीको छोराको भूमिकामा अभिनय गरेका सलोनको सोही क्लिपलाई देखाइएको टिजर युट्युबमा राखिएको हो ।


सलोनको होम प्रोडक्शनमा रहेको सो चलचित्रमा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ । शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् ।

Koshi Online

FREE
VIEW